जनता टाइम्स

२५ आश्विन २०७९, मंगलवार १९:१६

सिक्किमका मुख्यमन्त्री प्रेम गोलेले गरे चिवाभञ्ज्याङ नाका खोलेर सिधै काठमाडौं जाने घोषणा


सिक्किम, असार २५। छिमेकी मुलुक भारतको सुन्दर राज्य सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले सिक्किमबाट सिधै नेपालको राजधानी काठमाडौं जाने गरी नेपाल र भारतबीचको चिवा भञ्ज्याङ नाका खोल्न लागेको बताउनु भएको छ ।

सिक्किमको देन्ताममा आयोजित दोस्रो अन्तर्राष्ट्रिय तमु (गुरुङ) सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री तामाङले यस्तो घोषणा गर्नुभएको हो । अव सिक्किमबाट सिधै काठमाडौं जाने गरी नाका खोल्न लागेको भन्दै उहाँले सिलिगुढीहुँदै काँकडभिट्टाबाट घुमेर जाने अवस्थाको अन्त्य गर्न आफू लागि परेको पनि बताउनु भयो ।

चिवा भञ्ज्याङ कोरिडोर खुलेपछि सिक्किममा स्थापना भइरहेका ठूला मेडिकल कलेज र अस्पतालहरुमा नेपालबाट विद्यार्थी तथा बिरामी आउने उहाँको भनाई छ । खासगरी प्रदेश १ का बिद्यार्थी तथा बिरामी सिक्किम पढन रउपचार गर्न आउने बताउनु भयो ।

‘चिवा भन्ज्याङ कोरिडोर खुलेपछि नेपालको प्रदेश १ का मान्छेहरु काठमाडौं जाँदैनन्, उपचारका लागि यता आउँछन् । हामी पनि काँकडभिट्टा किन घुम्ने सिधै चिवा भञ्ज्याङबाट काठमाडौं जाने । यसरी हामी काम गरिरहेका छौं,’ मुख्यमन्त्री तामाङले भन्नुभयो ।