जनता टाइम्स

२७ आश्विन २०७९, बिहीबार ०८:५२

पबमा मेयर बालेनको मापसे डान्स (फोटोफिचर)


काठमाडौं, असोज २७ । काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र शाह (बालेन) पवमा गएर मादक पदार्थ सेवन गर्दै गरेको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

केही दिनअघि बालेन काठमाडौंको लन्डन पबमा गएर मापसे गर्नुका साथै श्रीमतीसँगको डान्स गरेको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

लण्डन पबले बुधवार आफ्नो फेसबुक पेजमा बालेनको मापसेसहितको डान्सको समेत फोटो सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको तस्विरहरुमा मेयर बालेन आफ्नी पत्नीसँग र मापसेसहितको फोटो रहेका छन ।