काठमाडौं, असोज २९ । प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार बनेका दुई दर्जनभन्दा बढी उम्मेदवारसँग छिमेकी मुलुक भारतको आधार कार्ड र अन्य मुलुकको पिआर तथा ग्रिन कार्य रहेको बिज्ञहरुले बताएका छन ।
प्राप्त सूचनाअनुसार मधेश प्रदेशसहित भारतसँग सीमा जोडिएका जिल्लाहरुका कतिपय उम्मेदवारहरुसँग भारतको आधार कार्ड रहेको छ भने ब्यापारिक घरानाबाट उम्मेदवार बनेका कतिपयसँग भारतको आधार कार्डसहित युएईको गोल्डन भिषा समेत रहेको छ ।
संबिधानको धारा २९१ मा यस्तो छ ब्यवस्था
नियुक्तिका लागि योग्य नहुने : यस संबिधानमा अन्यत्र जेसुकै कुरा लेखिएको भए तापनि बिदेशको स्थायी आवासीय अनुुुुमतिपत्र लिएको नेपालको नागरिक यस संबिधान बमोजिम निर्वाचन, मनोनयन वा नियुक्ति हुने पदमा निर्वाचित, मनोनीत वा नियुक्तिकोे लागि योग्य हुने छैन । तर त्यस्तो बिदेशको स्थायी आवासीय अनुमतिपत्र त्यागेको ब्यक्तिलाई कम्तीमा तीन महिनाको अवधी ब्यतित भएपछि त्यस्तो पदमा निर्वाचित, मनोनीत वा नियुक्त गर्न बाधा पर्ने छैन ।
‘मधेश प्रदेश र तराईका कतिपय जिल्लाका उम्मेदवारहरु संबिधानअनुसार उम्मेदवार बन्न पाउँदैनन तर निर्वाचन आयोगले उजुरी नपर्दासम्म छानविन नगरी सहज बनाइ दिएकोले उनीहरु उम्मेदवारका रुपमा कायम छन,’ झण्डै दुई दर्जन भढी उम्मेदवारहरु नेपालको संबिधानको धारा २९१ अनुसार उम्मेदवार नै बन्न नपाउने बताउँदै कुटनीतिक क्षेत्रमा कार्यरत एक बिज्ञले जनताटाइम्स डटकमसँग भने । नेपालको संबिधानको धारा २९१ मा कुनै पनि देशको आवासीय भिषा लिएको ब्यक्ति उम्मेदवार वा कुनै पनि नियुक्तिका लागि अयोग्य हुने ब्यवस्था छ ।
नेपालको संबिधानको धारा २९१ मा नियुक्तिका लागि योग्य नहुने ब्यवस्था रहेको छ । सो धारामा भनिएको छ, ‘यस संबिधानमा अन्यत्र जेसुकै कुरा लेखिएको भए तापनि बिदेशको स्थायी आवासीय अनुुुुमतिपत्र लिएको नेपालको नागरिक यस संबिधान बमोजिम निर्वाचन, मनोनयन वा नियुक्ति हुने पदमा निर्वाचित, मनोनीत वा नियुक्तिकोे लागि योग्य हुने छैन । तर त्यस्तो बिदेशको स्थायी आवासीय अनुमतिपत्र त्यागेको ब्यक्तिलाई कम्तीमा तीन महिनाको अवधी ब्यतित भएपछि त्यस्तो पदमा निर्वाचित, मनोनीत वा नियुक्त गर्न बाधा पर्ने छैन ।’
संबिधानको यो ब्यवस्थाअनुसार आयोगले छानविन गरे थुप्रैको उम्मेदवारी रद्ध हुन सक्ने भन्दै बिज्ञहरुले यसतर्फ निर्वाचन आयोगले छानविन गर्नुपर्ने बताउँछन । ‘निर्वाचन आयोगले यस बिषयमा कडाईका साथ छानविन गरे थुप्रै उम्मेदवारहरु अयोग्य हुन्छन, आयोगका पदाधिकारीलाई कुन उम्मेदवासँग बिदेसी पिआर, ग्रिनकार्ड र भारतको आधार कार्ड छ भन्ने जानकारी छ तर आँखा चिम्लेर उजुरी परे मात्रै छानविन गरी बिदेसी नागरिक बनेकालाई उम्मेदवार कायम राखिएको देखिन्छ,’ बिज्ञहरुको भनाई छ ।

उनीहरुको अनुसार भारतमा आधार कार्ड भनेको रेसिडेन्स भिसा हो । भारतमा धेरै मानिसको आधार कार्ड छ । भारतमा आधारकार्ड भएको धेरै उम्मेदवार छन । यस्तै यएइको गोल्डेन भिषा लिएका पनि उम्मेदवार बनेका छन । अमेरिका, बेलायत, अष्ट्रेलिया, युरोप, जापान, सिंगापुर, हङगक, युएई र भारत (आधार कार्ड) का आवासीय भीषा लिएकाहरु उम्मेदवार बनेको उनीहरुको दावी छ ।













प्रतिक्रिया दिनुहोस्