जनता टाइम्स

२९ आश्विन २०७९, शनिबार २०:०७

यतिसम्म झुट बोल्छन राजन भट्टराईका प्रतिस्पर्धी गनन थापा


काठमाडौं, असोज २९ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतिसम्म झुट कुरा गर्न माहिर हुनुुहुन्छ भन्ने कुरा एउटा तथ्यले उजागर गरेको छ ।

गगन थापाले आफैले निर्माण गर्न रोकेको र एमाले नेता डा. राजन भट्टराईको पहलमा सम्पन्न भएको काम समेत आफ्नै पहलमा भएको भन्दै प्रचार गरिरहेको पाइएको छ ।

आफू निर्वाचित काठमाडौं–४ मा विकासको लागि सिन्को नभाँचेका गगन थापाले कमलपोखरीको पुनर्निर्माणमा पटक–पटक फोन गरेर तत्कालिन काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई दबाब दिएको तत्कालिन सचिवालयका सदस्य मोहन बास्तोलाले खुलासा गरिसक्नु भएको छ ।

बाँस्तोलाका अनुसार तत्कालिन माननीय गगन थापाले निर्माण रोक्न पटक–पटक मेयरसापलाई फोन गर्नुहुन्थ्यो। फोनमा रेस्पोन्स नगरेपछि महानगरपालिकाको कार्यालय मै आएर रोक्न दबाब दिनुभयो। नगरप्रमुख शाक्यले किन रोक्नुपर्ने हो, कारण सहित पत्र पठाउनु भएमा मलाई सहज हुनेथियो भनेपछि गगन थापाले पत्र नै पठाएर दबाब दिनुभएको थियो ।

पढनोस यो पत्र

गगन थापाको पत्रपछि डा. राजन भट्टराई र नगरप्रमुख शाक्यको सल्लाह अनुसार नै कमलपोखरीको निर्माण कार्य सम्पन्न भएको हो। कमलपोखरी बनाउने सन्दर्भमा गगन थापाको सकारात्मक नभई नकारात्मक भूमिका रहेको छ ।

देशकै राजधानी र महानगर जस्तो स्थानमा नगरेको कामलाई आफूले गरेको भनेर प्रचार गर्न थालेपछि डा. राजन भट्टराई र उहाँका समर्थकहरु आक्रोशित बन्नुभएको छ ।

गगन थापाको झुट उजागर गर्दै एमाले स्थायी कमिटी सदस्य तथा काठमाडौं ४ का प्रतिनिधिसभा उम्मेदवार डा. राजन भट्टराईले आज ढाँटेर जनतालाई सधै बेवकुफ बनाउन नसकिने भन्दै जवाफ दिनुभएको छ ।

‘अर्काले गरेको काम पनि मैले गरें भनेर कतिञ्जेल ढाँटनु हुन्छ, आफै अवरोध गर्ने, नबनाउन पत्र लेख्ने अनि चुनावको मुखमा मैले गरें भन्ने ?’ डा. भट्टराईले भन्नुभयो ।