जनता टाइम्स

३० आश्विन २०७९, आईतवार २०:४४

भोट माग्न रेखा थापाको थरिथरिको अभिनय


बेलबारी, असोज ३० । मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभाको सदस्यतर्फकी राप्रपा उम्मेदवार रेखा थापाले घरदैलो कार्यक्रमलाई निरन्तरता दिनुभएको छ । थापाले तेस्रो दिनको घरदैलो कार्यक्रम श्रमिकहरूसँग मत माग्दै सम्पन्न गर्नुभएको छ ।

बेलबारी नगरपालिकाको वडा नम्बर ११ मा भएको घरदैलो कार्यक्रममा रेखाले रिक्सा चलाउँदै नागरिकसँग मत माग्नुभएको छ । दैनिक गुजार चलाउने ई-रिक्सा चालक श्रमिकहरूसँग आत्मीयता कायम गर्न थापाले रिक्सा चलाउँदै मतदातासँग मत माग्न पुग्नुभएको हो ।

त्यस्तै रेखाले बेलबारी वडा नम्ब् ११ मा क्याराम बोर्ड खेल्दै गरेका युवाहरूसँग समेत क्याराम बोर्ड खेल्दै मत माग्नुभएको छ । घरदैलोका क्रममा रेखाका विभिन्न गतिविधिले मतदाता झनै आकर्षित भएको देखिन्छ । उहाँको चन्चले स्वभावका कारण घरदैलोका क्रममा यस्तो दृश्यहरू देखिने गर्छ ।

घरदैलोमा थापाले विभिन्न स्थानमा पुगेर आफ्नो कुरा मतदातालाई सुनाएर हिँड्ने पुरानो प्रवृत्तिलाई तोड्दै मतदातासँग दोहोरो संवाद गर्ने गरेको देखिन्छ ।