जनता टाइम्स

३१ आश्विन २०७९, सोमबार १९:३६

समानुपातिकमा रहेका यी उम्मेदवारविरुद्ध पर्यो निर्वाचन आयोगमा उजुरी (सूचीसहित)


काठमाडौं, असोज ३१ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको बन्दसूचीमा रहेका २८ जनाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ १३ जनाविरुद्ध र प्रदेशसभाको १५ जनाविरुद्ध उजुरी परेको हो । आयोगले उजुरी परेका उम्मेदवारविरुद्ध सम्बन्धित दललाई जानकारी गराएको छ ।

उजुरीमा पार्टीको बरियता नमिलेकोदेखि एउटै उम्मेदवार दुई पार्टीबाट सिफारिश भएकासम्म उल्लेख छ ।

हेर्नाेस उजुरी