पोखरा, १ कात्तिक । म्याराथन धाविका पुष्पा भण्डारी घाइते हुनुभएको छ । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला म्याराथन प्रतियोगितामा दौडिरहेको बेला आज उहाँ खुट्टामा चोट लागेर उहाँ घाइते हुनुभएको हो । करिब २० किलोमिटर दूरी पार गर्ने क्रममा उहाँको खुट्टा फ्याक्चर भएको हो ।
‘२० किलोमिटर पार गर्दै थिँए, खुट्टा दुख्यो,’ उहाँले भन्नुभाये,‘पहिला वास्ता गरिनँ, पछि अरू १० किलोमिटर कुदें ,त्यसपछि कुद्नै नसक्ने गरी दुख्यो अनि कुद्न सकिनँ ।’ उहाँलाई पोखरास्थित अन्नपूर्ण हस्पिटलमा उपचार गरिएको छ । उहाँको गोलीगाँठोभन्दा तलको भागमा केही समस्या देखिएकाले प्लास्टर गरिएको उपचारमा संलग्न चिकित्सकले बताउनुभएको छ ।
पुष्पाले ११३औँ साग गेममा २ घन्टा ५० मिनेट ११ सेकेन्डमा म्याराथन पूरा गरी महिला म्याराथनमा पहिलो रजत पदक जित्नुभएको थियो । उहाँ महिला म्याराथनतर्फ साग अन्तर्राष्ट्रिय पदक जित्ने पहिलो खेलाडी समेत हो । एपीएफ क्लबमा आवद्व पुष्पाले यसपटक साग गेममा भन्दा राम्रो समय निकाल्ने तयारी भए पनि खुट्टामा चोट लागेका कारण आफ्नो सपना पूरा नभएको प्रतिक्रिया दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्