जनता टाइम्स

१ कार्तिक २०७९, मंगलवार १६:४१

जसपामा पहिरो, मोरङ जिल्ला सदस्य बसुन्धरा झासहित सयौं एमालेमा प्रवेश


विराटनगर, १ कात्तिक । जनता समाजवादी पार्टी जसपाकी मोरङ जिल्ला सदस्य बसुन्धरा झासहित सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ । आज नेकपा एमाले मोरङले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा जसपाको ठूलो समूह पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको हो । नवप्रवेशीहरुलाई नेकपा एमालका स्थायी कमिटी सदस्य गुरु बरालले पार्टी प्रवेश गराउनुभयो ।

झासँगै जसपाको जहदा नगर कमिटीका उपाध्यक्ष निरादेवी शाह, सचिव रुपा महतो, कोषाध्यक्ष सीता पैदारलगायत सिंगो नगर कमिटी एमालेमा समाहित भएको छ । कार्यक्रममा मोरङ क्षेत्र नम्बर ६ (ख) बाट प्रदेश सभाका उम्मेदवार पर्शुराम बस्नेत, एमाले मोरङ उपाध्यक्ष बाबुराम कार्की लगायतको उपस्थिति रहेको थियो ।