एजेन्सी, २ कात्तिक । उत्तर प्रदेशको गाजियाबादमा एक महिलामाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ । दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालीवालका अनुसार महिलालाई बलात्कारपछि यौनाङ्गमा रड घुसारेको घटना पनि बाहिर आएको छ ।
यसैगरी, गाजियाबादका एसपीले भनेका छन् कि पहिलो नजरमा यो मामला शंकास्पद भएकोले यसलाई अनुसन्धान गर्न लागिएको छ । दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालीवालले ट्वीट गरेकी छिन्, ‘दिल्लीकी महिला गाजियाबादबाट राती फर्कदै गर्दा उनलाई जबरजस्ती कारमा हुलियो । उनलाई ५ जनाले २ दिनसम्म बलात्कार गरे र उनको गुप्तांगमा रड घुसारे ।
सडकको छेउमा बोरामा महिला फेला पर्दा त्यो रड उनको योनी भित्रै थियो । अस्पतालमा जीवन–मरणको लडाई लड्दै छिन् पीडित । महिला आयोगले एसएसपी गाजियाबादलाई नोटिस जारी गर्दै घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गर्न भनेको छ ।
गाजियाबादको नन्दग्राम पुलिस स्टेशनमा पाँचजना विरुद्ध मुद्दा दर्ता गरिएको छ । गाजियाबाद पुलिसका अनुसार अभियुक्तहरूले महिलालाई पहिले नै चिनेका थिए र सम्पत्तिलाई लिएर उनीहरूबीच विवाद चलिरहेको थियो । ती महिलालाई दिल्लीको जीटीबी अस्पतालमा भर्ना गरिएको छ। हाल गाजियाबाद प्रहरीले पाँच आरोपीलाई पक्राउ गरेको छ ।
महिलाको ससुरा दुर्गापुरी शाहदरामा रहेको प्रहरीले जनाएको छ । त्यहाँ सम्पत्ति छ, जसलाई लिएर विवाद छ। आरोपी पनि दिल्लीका हुन् । ती महिलाले दिल्लीको अदालतमार्फत मुद्दा दायर गर्ने प्रयास गरेकी थिइन् ।













प्रतिक्रिया दिनुहोस्