बुटवल, कात्तिक ५ । नेकपा माओवादी केन्द्रका दुई जना चर्चित नेता नेकपा एमाले प्रवेश गरेका छन ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाइृ आफ्नो परिवारको प्रालि बनाउनुका साथै कम्युनिष्ट बिचारलाई कांग्रेसको मातहतमा लगेर बिक्रि गरेको भन्दै पुराना र चर्चित दुई नेता आफ्नो टीमसहित आज एमाले प्रवेश गरेका हुन ।
माओवादीका केन्द्रीय सल्लाहकार भानुप्रकाश श्रेष्ठ र प्रदेश कमिटी सल्लाहकार शिवप्रसाद गैरे आज आफ्नो टीमसहित एमाले प्रवेश गर्नुभयो । उहाँहरुलाई नेकपा एमाले उपाध्यक्ष बिष्णुप्रसाद पौडेलले पार्टीमा स्वागत गर्नुभयो । एमाले प्रवेश गर्नुभएका दुवै नेता सशस्त्र युद्ध चलिरहेको बेला २०५७ देखि माओवादीमा आवद्ध हुनुहुन्थ्यो ।













प्रतिक्रिया दिनुहोस्