जनता टाइम्स

६ कार्तिक २०७९, आईतवार १०:३६

सीपछिको बरियतामा छानिए ली चियाङ, अव बन्नेछन चीनको नयाँ प्रधानमन्त्री


काठमाडौं, कात्तिक ६ । चिनियाँ राष्ट्रपति सी चिनफिङलाई चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को तेस्रो पटक महासचिवमा निर्वाचित गरेको केन्द्रीय कमिटीले दोस्रो नेताको रुपमा ली चिआङलाई चयन गरेको छ ।

ली चीनको नयाँ प्रधानमन्त्री बन्ने छन् । उनले ली खछ्याङलाई प्रतिस्थापन गर्ने छन् । पार्टीको दोस्रो वरियतामा रहेका ली संघाईका पार्टी प्रमुख हुन् । प्रविधि र आर्थिक विकासमा उहाँले उदाहरणीय काम गर्नुभएको छ । सात सदस्यीय पोलिटब्युरो स्ट्यान्डिङ कमिटीमा झाउ लेजी, वाङ हुनिङ,काई ची, डिङ सुइसिङ र ली सीको चयन हुनुभएको छ ।

आइतबार बसेको पहिलो केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्ने द ग्रेट हल अफ दि पिपुलमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ राष्ट्रपति सीले ५ वर्षसम्मका नयाँ सहकर्मीहरुको परिचय गराउनु भएको थियो । शनिबार सम्पन्न पार्टीको २० औं महाधिवेशनमाले २ सय ५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो ।