जनता टाइम्स

८ कार्तिक २०७९, मंगलवार ०७:५७

दाङका तीन फर्निचर उद्योगमा आगलागी, करोडौं क्षति भएको अनुमान


दाङ, ८ कात्तिक । दाङको घोराहीका तीन फर्निचर उद्योगमा आगलागी भएको छ । घोराही–१५ सहिद उमेश मार्ग रोडमा रहेका न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ फर्निचर उद्योगमा सोमबार राति आगलागी भएको प्रहरीले जनाएको छ ।

तीन वटै फर्निचर उद्योग पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् । मध्यराति लागेको आगो आज बिहान ४ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी वीरबहादुर वलीले जानकारी दिनुभयो । आगलागीको कारण खुल्न सकेको छैन ।