सन्धिखर्क, कात्तिक ११ । अर्घाखाँचीको सन्धिखर्कमा निर्माणाधीन एयरपोर्टमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। २ जना घाइते भएका छन्। सन्धिखर्क १० शिखरबार्नीमा निर्माणाधीन एयरपोर्टको रनवेयमा मोटरसाइकल चलाउने क्रममा गएराती अनियन्त्रित भई दुई मोटरसाइकल दुर्घटनामा परेका हुन्।
प्रदेश नम्बर २-०३८.प.५०३२ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार सन्धिखर्क नगरपालिका १ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी मुकुन्द रिजालले बताउनु भयो ।
अर्को बा २५ प ८८७६ नम्बरको मोटरसाइकलमा सवार सन्धिखर्क २ आटिकापाटा निवासी ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते हुनुभएको छ। घाइतेको बुटवलमा रहेको मर्सिटी हस्पिटलमा उपचार भइरहेको प्रहरीको भनाइ छ। मोटरसाइकल ओभर स्पिडका कारण घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ।













प्रतिक्रिया दिनुहोस्