दोलखा, कात्तिक ११ । नेकपा एमालेका उम्मेदवारप्रति दोलखाका उत्तरी क्षेत्रका मतदाता निकै आकर्षित बनेका छन । प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालकृष्ण शिवाकोटी र प्रदेशसभा ख का उम्मेदवार भरत केसीप्रति मतदाताको आकर्षण ह्वात्तै बढेको हो ।
आज चुनावी अभियानको क्रममा विगु गाउँपालिका–७ स्थित साविक खोपाचागु गाविसको थामीचागुमा उहाँहरुप्रति मतदाताले न्यानो स्वागत गरेका छन ।
स्थानीय अगुवाहरुले कालिञ्चोक–विगु जोड्ने मैरेखोला पुल निर्माण, कालिञ्चोक माविमा दुई जना मावि शिक्षक दरबन्दीसहितका माग गर्दै यथाशीघ्र पूरा गर्न पहलकदमी लिन सुझाव समेत दिएका छन ।
यस्तै नेकपा एमालेको किल्लाका रुपमा स्थापित थामीचागुमा पार्टीले अल्पसंख्यक समूदायको उत्थानका लागि खेलेको भूमिकाप्रति आभार प्रकट गरेका छन ।




















प्रतिक्रिया दिनुहोस्