जनता टाइम्स

१२ कार्तिक २०७९, शनिबार ०९:२५

माधवको पार्टीतिर लाग्नु गम्भीर भूल भन्दै एमालेमै फर्किए नेकपा एसका केन्द्रीय सदस्य


झापा, कात्तिक १२ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य केन्द्र प्रसाईं नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार साँझ उहाँसहित १०१ जनालाई एमालेमा स्वागत गर्नुभयो । दमकका प्रतिष्ठित व्यवसायी समेत रहेका प्रसाईं पार्टीभित्र केही विमति राखेर नेकपा एसमा लाग्नुभएको थियो । पार्टी प्रवेशपछि प्रसाईंले एमालेजस्तो विधि र पद्धतिमा चल्ने पार्टी अर्को नभएको बताउनुभएको छ ।

एमालेमा केही असहमति राखेर आफूहरू बाहिरिएको तर एमाले जत्तिको कार्यकर्ता परिचालन हुने, अनुशासनमा बस्ने र विधिमा चल्ने अर्को पार्टी रहेनछ भन्ने निष्कर्षका साथ पुनः एमालेमै फर्किएको प्रसाईंले वताउनुभयो । प्रसाईंले अब एमाले र अध्यक्ष ओलीलाई जिताउन लाग्ने प्रतिवद्धता जनाउनुभयो ।