जनता टाइम्स

१३ कार्तिक २०७९, आईतवार १०:३७

गण्डकी एमालेको प्रतिवद्धताः सुरुङमार्गदेखि गरिबलाई निशुल्क शिक्षासम्मका यस्ता छन अठोट (पूर्णपाठ)


पोखरा, कात्तिक १३ । नेकपा एमाले गण्डकी प्रदेश संगठन कमिटीले निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । ‘सुशासन, समृद्धि र समाजवादको आधार, गण्डकी प्रदेशमा एमालेको सरकार’ नारासहित एमाले गण्डकीले आज आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।

प्रतिवद्धता पत्रमा नेकपा एमाले गण्डकीले प्रदेशका मुख्य राजमार्ग र स्थानीय सडकको दूरी घटाउन सकिने खण्डमा छोटा दूरीका सुरुङ मार्ग निर्माण गरिने जनाएको छ । यस्तै कोराला र त्रिवेणी नाकालाई व्यवस्थित बनाउन ती नाकामा सहरीकरण गर्न एमाले सरकार बनेमा जोड दिइने प्रतिवद्धता उल्लेख छ ।

स्वास्थ्यतर्फ प्रदेशमा ५ सय शैय्याको गण्डकी विश्वविद्यालय शिक्षण अस्पताल र मुटु, मृगौला, क्यान्सर उपचारका लागि ५०–५० शैय्याको विशिष्टिकृत अस्पताल बनाउने एमालेको घोषणा छ । नेपाल प्रहरीको प्रादेशिक अस्पताललाई ५० शैय्याको सुविधा सम्पन्न अस्पताल बनाइने पनि प्रतिवद्धता एमाले गण्डकीले लिएको छ ।

पूर्णपाठ

आदरणीय प्रदेशवासी दिदीबहिनी तथा दाजुभाइहरु

नेपाली क्रान्तिका उपलब्धिहरुलाई संश्लेषण र संस्थागत गर्दै २०७२ मा संबिधान निर्माण भएपछि सात वर्ष बितेको छ । यस कालखण्डमा संविधानको कार्यान्वयन र जनचाहना अनुरुप सरकार सञ्चालनमा केही बाधाहरु देखापरे ।मूलतःअघिल्लो आमनिर्वाचनको जनादेश अनुरुप हाम्रो पार्टीको नेतृत्वमा बनेको सरकार परमादेशले बिस्थापन गरेपछि देशको दुर्दशा शुरु भएको छ । हाम्रो पार्टी बिरुद्ध व्यापक घेराबन्दी भएपनि स्थानीय तहको निर्वाचनमा लोकप्रिय मत सहित नेकपा (एमाले) पहिलो पार्टी बनेको छ ।सुशासन समृध्दि र संबिधान कार्यान्वयनको यही युगीन अभिभारा पूरा गर्न नेकपा (एमाले) आसन्न मंसीर ४ गतेको निर्वचनमा होमिएको छ ।

देश र जनताको मुक्तिका खातिर परिवर्तनका हरेक मोडहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान शहीदहरु प्रति यस क्षणमा हामी श्रध्दा सुमन अर्पण गर्दछौं साथै अङ्ग भङ्ग घाइते र बेपत्ता हुनु भएका सम्पूर्ण योध्दाप्रति उच्च सम्मान प्रकट गर्दछौं ।देशको परिवर्तनको पथलाई थप सुदृढ बनाउन समाजवादको आधार निर्माण गर्न, आम जनतालाई सुखी र खुशी बनाउन र क्रान्तिका बाँकी कार्यभारहरु पूरा गर्न हाम्रो पार्टी नेकपा (एमाले) दृढ सङकल्पित छ ।यसर्थ आगामी आम निर्वाचनमा उत्साहका साथ सहभागी हुन आम मतदाताहरु समक्ष हार्दिक अनुरोध गर्दछौं।

संघीयतामा प्रदेश संरचना

नेपाल एकात्मक र केन्द्रीकृत राज्य संरचनात्मक देश थियो । राज्यको शक्ति विकेन्द्रीकरण गरेर शासन सञ्चालन गर्दा पनि आधारभूत तहको लोकतन्त्र सुदृढ भएन।आधारभूत तहमा लोकतन्त्रलाई सवल बनाउन र जातीय लिङ्गीय र क्षेत्रीय बिकासलाई समानुपातिक र समन्यायिक बनाउनका लागि नै नेपालले संघीय शासन प्रणाली अबलम्वन गरेको हो।विगतमा प्रतिस्पर्धात्मक क्षमताको अभाव, पारदर्शीताको कमी, जनउत्तरदायी सरकारको अभाव,  राज्ययन्त्रमा देखापरेको ढिलासुस्ती, भ्रष्टाचार र अनेकौं वेथितिहरुको समाधानको लागि एकात्मक ब्यवस्था अन्त्य गरेर संघीयता लागू गरिएको हो ।समस्याहरुको स्थानीय तवरवाटै समाधान, जनताकै घरदैलोमा सरकार र सार्वजनिक सेवा प्रवाहमा छिटो छरितोपना संघीयतासँग अभिन्न रुपले जोडिएका अधारभूत सवालहरु हुन्।राज्यको मूल प्रवाहबाट वञ्चितीकरणमा परेका विभिन्न समुदाय र क्षेत्रबाट प्रतिनिधित्वको सुनिश्चितता, हरेक क्षेत्रमा समावेसी चरित्रको कार्यान्वयन, स्रोत र साधनको उच्चतम सदुपयोगमार्फ संमृद्धि हाँसिल गर्नु हाम्रा साझा ध्येय हुन् । नेपालको संघीयता सहकारिता, सहअस्तित्व र समन्वयको सिध्दान्तमा आधारित संघीयता हो ।

संविधान निर्माणपछिका सात वर्षमा पनि संघीयता कार्यान्वयनको प्रारम्भिक चरणमा नै छौं। यसबीचमा वित्तीय संघीयता कार्यान्वयन हुन सकेन।तीन तहका सरकारवीच प्रभावकारी समन्वय भएन। केन्द्रीकृत मानसिकता हट्न सकेन।अपेक्षाकृत रुपमा सेवा प्रवाह छिटोछरितो र पारदर्शी हुन सकेन।केन्द्रीय राजनीतिको प्रत्यक्ष प्रभाव परेका कारण केन्द्रको रिस प्रदेश सरकारसंग साँध्ने काम भयो। तरपनि जे जति कामहरु भएका छन् तिनले संघीयताको बिकास र सुदृढीकरणमा योगदान दिएका छन् ।संघीयतामा सरकारको कामको चरित्रलाई अब बदल्नु पर्छ। कामका आधारमा प्रदेश संरचनाको औचित्य पुष्टि गर्नुपर्दछ। जनताको घर दैलाको सरकार बनाएर समृध्द नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य पूरा गर्नुपर्दछ ।

गण्डकी प्रदेशवासीको चाहनाः एमालेको  सरकार

नेकपा (एमाले) नेतृत्वमा बामपन्थी शक्तिहरुको समर्थनमा  गण्डकी प्रदेश सरकार बनेको थियो। पृथ्वी सुब्बा गुरुङ नेतृत्वको लोकप्रिय सरकारलाई संघीयताको मर्म बिपरीत अपबित्र गठबन्धनबाट बिस्थापन गरियो । जनताका पक्षमा लोकप्रिय काम गरिरहेको उक्त सरकारलाई बिस्थापन गर्दा गण्डकी प्रदेश सभामा गठबन्धनले एउटै आरोप लगाउन सकेन । अर्कैको उध्देश्य पूरा गर्न, अर्कैको निर्देशनमा सरकार अपदस्थ गर्नेकाम भएको रहेछ भन्ने तथ्य गठबन्धन सरकारका जनविरोधी क्रियाकलापले पनि पुष्टि भएको छ ।

गण्डकी प्रदेशको गठबन्धन सरकारप्रति जनस्तरमा बढेको वितृष्णाले सिंगो प्रदेश संरचनामाथि नै प्रश्न खडा गर्ने अवस्था आउनु दु:खद बनेको छ । यो अवस्था आउनुमा संघीयताको मर्म विपरित गठबन्धनको सत्तास्वार्थ र लोभ नै प्रमुख कारण हो । गण्डकी प्रदेशवासी जनताको चाहना एमाले सरकारले थालेका तर अलपत्र पारिएका विकासका योजनाहरुलाई कार्यान्वयन गर्न नेकपा (एमाले) कै नेतृत्वमा बहुमतको सरकार रहेको छ। उत्पादन र उत्पादकत्व बृध्दि गरी समाजवाद निर्माणको आधार निर्माण गर्नगण्डकी प्रदेशमा नेकपा (एमाले) को सरकार आजको आवश्यकता हो ।

गठबन्धन: लोकतन्त्र र समृध्दिको बाधक

वर्तमान सत्तागठवन्धन सिध्दान्तहीन र सत्तास्वार्थीहरुको मात्र गठबन्धन हो । यो गठबन्धन कुनै राजनीतिक सिध्दान्तको जगमा बनेकै होइन। यसको एकमात्र लक्ष्य सत्ताप्राप्ति हो। जनताका सपना भत्काउने यी दलहरुको राजनीतिक वेइमानी इतिहासकै लज्जास्पद बिषय हो।

गठबन्धनको सरकार बनेपछि अर्थतन्त्र चौपट अवस्थामा पुगेको छ। मूल्यवृध्दि आकाशिएको छ। सर्वसाधारण जनताको चुल्हो बल्न सकेको छैन। हजारौं बेरोजगार भएका छन् ।युवाहरु विदेशिने क्रम बढ्दो छ।विकास निर्माणको काममा प्रतिकुल मानिएको कोरोना कालमा जत्तिको पनि पूँजिगत खर्च गर्न यो सरकारले सकेन। एकातर्फ बजेट कटौती हुने, अर्कोतर्फ छुट्टिएको बजेटसमेत आधा आधी खर्च नहुनेअवस्थाले विकास र समृध्दिको यात्रा धरापमा परेको छ।

गण्डकी प्रदेशमा समृध्दिको काम रोकिने तर करका दरमा ४२८ प्रतिशतसम्म बृध्दि हुने, मन्त्रालय थपिने र आफन्तका नाममा रकम विनियोजन हुने उल्टो यात्रामा गठबन्धनको सरकार छ। प्रदेश संरचना र संघीयताप्रति वितृष्णा फैलाउने प्रमुख कारक नै यो सरकार बनेको छ।सिध्दान्तहीन गठबन्धन नै गण्डकीको विकास र समृध्दिको बाधक बनेर खडा भएको छ।लोकतन्त्रको सुदृढीकरण, बिधिको शासन र बिकास  अहिलेको मुख्य  अभिभारा हुन्। संघीयताको सुदृढीकरण ,लोकतन्त्र र बिकासका  लागि आगामी निर्वाचनबाट सिध्दान्तहीन गठबन्धनलाई परास्त गरी नेकपा एमालेको सरकार निर्माण गरौं । लोकतान्त्रिक बिधि र प्रणालीलाई स्थापित गरौं।

नेकपा (एमाले) सरकारका उपलब्धिहरु

हाम्रो पार्टी नेतृत्वमा संचालित गण्डकी प्रदेश सरकारले जनताका भावना, आकांक्षा र विश्वासको कदर गर्दै प्रथम पंचवर्षीय योजना (२०७६-२०८०) तथा दिगो विकास लक्ष्य २०८७ का प्रादेशिक लक्ष्यहरु हासिल गर्दै विक्रम संवत २१०० मा “समृध्द प्रदेश र सुखी नागरिकनिर्माण गर्ने लक्ष्य निर्धारण गर्यो । प्रादेशिक दीर्घकालीन आकांक्षा पूरा गर्ने अभियानमा योजनाबध्द रुपमा उल्लेखनीय काम गर्यो। संघीय सरकार, स्थानीय तह र प्रदेशका नागरिकसमेतको सहयोगमा नेकपा एमाले नेतृत्वको प्रदेश सरकारले हासिल गरेका उपलब्धिहरु यसप्रकार रहेका छन् ।

संस्थागतविकास

–  प्रदेशकोनामाकरणरराजधानीनिर्धारण।

–  चार दर्जनभन्दाबढिप्रादेशिकऐनतथाकानूननिर्माण।

–  “समृध्दप्रदेशरसुखीनागरिक” निर्माणगर्नेदीर्घकालीनसोचसहितकोप्रथमपञ्चवर्षीययोजना (आ.व. २०७६/७७- २०८०/८१) निर्माणगरीयोजनावध्दविकासकोशुरुवात।

–  शून्य अवस्थामा रहेको प्रदेशमा संरचनात्मक रुपमा आठवटामन्त्रालय, निर्देशनालय, केन्द्र तथा प्रतिष्ठान र जिल्लास्थित गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान,कार्यालयसमेत गरी १५७ वटा कार्यालयहरुमा २,८८५ कर्मचारीको दरबन्दी व्यवस्था गरी सेवा प्रवाह।

–  प्रदेश नीति तथा योजना आयोग, प्रदेश लोकसेवा आयोग, गण्डकी विश्वविद्यालय, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, प्रदेश खेलकुद परिषद्, ताल संरक्षण तथा विकास प्राधिकरण, गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान र प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना गरी संञ्चालन।

–  सार्वजनिक नीजि साझेदारी मोडलका आयोजना पहिचान तथा विकासको लागि गण्डकी प्रदेश विकास प्राधिकरण स्थापना।

 पूर्बाधार विकास

–  ७००कि.मि. सडक कालोपत्रे तथा ढलान र ३५० कि.मि. सडक ग्राभेल गरिएको।

–  १००वटा सडक पुल र६० वटा झोलुङ्गे पुल निर्माण सम्पन्न गरिएको।

–  १ लाख घर तथा ४ लाख जनसंख्यालाई नीजि धारामार्फत खानेपानी सेवा उपलब्ध गराईएको।

–  ४ लाख रोपनी जमिनमा बाह्रै महिना सिंचाई सुविधा विस्तार गरिएको।

–  आधारभूत विद्युत सेवामा पहुँच पुगेका घरपरिवार ८२ प्रतिशतवाट ९८.९ प्रतिशत पुर्याइएको र राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युतीकरण गरिएका घरपरिवार ९२.७९ प्रतिशत पुर्याइएको।

–  ११०५ घरधुरीमा घरेलु सौर्य उर्जा र ९६६४ घरधुरीमा लघु जलविधुत उर्जामार्फत बिधुत सेवा नियमित गरिएको र ४०, ००० काठे पोललाई स्टिलको पोलव्दारा प्रतिस्थापन गरिएको।

–  जोखिमयुक्त नदीहरुमा ७०कि. मि तटबन्ध निर्माण गरी नदी किनारमा ४० हजार रोपनी जमिन उकाससमेत गरिएको।

–  विपन्न तथा लोपोन्मुख समुदायको लागि जनता आवास कार्यक्रम संचालन गरी १५०० भन्दा बढी घर निर्माण गरिएको।

–  यातायात व्यवस्थापनमार्फत उठ्ने गरेको एक अर्ब राजश्वलाई आन्तरिक व्यवस्थापन सुदृढ गरी तीन वर्षमा वार्षिक तीन अर्बको हाराहारीमा पुर्याइएको।

–  भौतिक पूर्वाधार क्षेत्रका योजना कार्यान्वयनको सिलसिलामा ३०० जना इन्जिनियर र सब-इन्जिनियर जस्ता दक्ष जनशक्ति र २५ हजार अन्य जनशक्तिको व्यबस्थापन गरी रोजगारी सिर्जना गरेको।

भूमि ब्यबस्था, कृषि तथा सहकारी

– ८५ स्थानीय तहका८७गाउँमा “मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रम” कार्यान्वयनवाट ८,५०० कृषक घर परिवार प्रत्यक्ष लाभान्वित भएका।

–  ९१ वटा पकेट क्षेत्र तथा ८५वटा नयाँ ब्लक स्थापना।

–  प्रदेशका प्राथमिकता प्राप्त बाली/वस्तुहरू उत्पादनको लागि २००० मोडल फार्मस्थापना।

–  ५०० रोपनी जग्गामा ५०,०००भन्दा बिरुवा रोपण गरी बढी उच्च घनत्व प्रविधिमा आधारित स्याउको खेती शुरु।

– ५००० रोपनी खेतीयोग्य भूमिको चक्लाबन्दी र ३००० मेट्रिक टन क्षमताका कोल्डस्टोर/कोल्डरुम  स्थापना।

– १४३९ वटा व्यवसायिक कृषि तथा पशुपन्छी फार्म स्थापना एवं दूधको गुणस्तर कायम गर्दै बजार सुनिश्चित गर्नका लागि ५० वटा दुग्ध चिस्यान केन्द्र स्थापना।

–  कृषि तथा पशुपन्छी विकास सम्बन्धी सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रदेशका सबै जिल्लाहरुमा कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना।

सामाजिक क्षेत्र

-गुणस्तरीय, अनुसन्धनात्मक र व्यवसायिक उच्च शिक्षा प्रदान गर्न गण्डकी विश्वविद्यालयको स्थापना गरी शैक्षिक तथा प्रशासनिक भवनहरुको निर्माण गरिएको र सूचना प्रविधि, खेलकुद व्यवस्थापन, कानून, फार्मेसी विषयमा स्नातक तहको पढाई शुरु गरेको।

-प्रत्येक वर्ष ४ जनालाई चीनका विश्वविद्यालयमा उच्च शिक्षा पढ्नको लागि छात्रवृतिको व्यवस्था।

-कोभीडले शिथिल भएको व्यबसायलाई पुनर्जीवन प्रदान गर्न व्यवसाय जीवन रक्षा कोष मार्फत उद्यमी व्यवसायीलाई सहयोग ।

-एक स्थानीय तह एक खेल मैदान को नीति अनुरूप ५६ गाउँपालिकामा खेल मैदान र २०  नगरपालिकामा रङ्गशाला निर्माण प्रारम्भ

-पोखरा महानगरपालिका वडा नं. ३३ पशुपतिघाटमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण कार्यको प्रक्रिया प्रारम्भ ।

-जीवनोपयोगी प्राविधिक तथा व्यवसायिक शिक्षा प्रदान गर्न स्याङ्जाको फेदीखोला गाउँपालिकामा गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानको स्थापना र संचालन शुरु गरिएको।

-प्रदेश सरकारले सञ्चालित कार्यक्रमवाट प्रत्यक्ष र अप्रत्यक्ष गरी बार्षिक ६०,००० ब्यक्तिलाई वार्षिक १०० दिन बराबरको रोजगारी सिर्जना गरेको।

-निरपेक्ष गरिबीको रेखामुनी रहेको जनसंख्या १४.९१ प्रतिशतवाट घटाएर १२.९१ प्रतिशतमा झार्न योगदान गरेको।

उद्योग, पर्यटन, वन तथा वातावरण

-प्रदेशका वन संरक्षण तथा व्यवस्थापनको लागि ३,९५२ सामुदायिक वन उपभोक्ता समूह, १,११९ कबुलियती वन उपभोक्ता समूह र ३४ वटा धार्मिक वन उपभोक्ता समूह गरी कुल ५,१०५ वटा वन उपभोक्ता समूह गठन र परिचालन

-साझेदारी वन उपभोक्ता समूह र चक्ला वन व्यवस्थापनसमेत गरी कूल ८,६१,००० हेक्टर वन क्षेत्रको संरक्षण र व्यवस्थापन गरिएको।

-२४ वटा समुदायमा आधारित जडिबुटी संकलन तथा प्रशोधन केन्द्र स्थापना भई संचालन गरिएको।

-११ वटा उच्च प्रविधि युक्त नर्सरी स्थापना, विभिन्न प्रजातिका ७०,३८,२६५ विरुवा उत्पादन गरी शहरीपार्क, वनक्षेत्र हरितपार्क र स्कूलक्षेत्र पार्कमा रोपण गरिएको

-उत्पादित विरुवाको रोपणमा सडक सौन्दर्यीकरण योजनाको प्रभावकारी कार्यान्वयन भएको ।

-१६८ वटा उद्यान तथा वनवाटिका र ६२ वटा सामुदायिक वनमा पर्यापर्यटनका गतिविधि सञ्चालन गरिएको।

-मानव-वन्यजन्तु व्दन्द न्यूनीकरणका लागि नवलपुर जिल्लाका विभिन्न स्थानमा कूल ४,३१३ मिटर ढलानसहितको मेस वायर फेन्सिङ निर्माण गरिएको र ३०० जना मानव-वन्यजन्तु व्दन्दपीडितलाई राहत उपलव्ध गराइएको।

-पोखरा महानगरपालिकासँगको सहकार्यमा फेवातालको उपल्लो तटीय क्षेत्रमा रहेका वेतयानी, लौरुक, अँधेरी र हर्पनखोलामा ४व टासिल्टेसन ड्याम निर्माण गरी फेवातालको संरक्षण प्रारम्भ गरिएको।

-प्रदेशका अन्य जलाधार क्षेत्रमा ५० भन्दा बढी पोखरीहरु निर्माण तथा मर्मत सम्भार गरिएको र बायोइन्जिनियरीङ प्रविधिमार्फत पहिरो रोक थाम र व्यवस्थापन गरिएको।

-पोखरा महानगरपालिका वडा नं. ३३ पूँडीटार र नवलपुरको लोकाहा खोलामा प्रादेशिक औद्योगिक क्षेत्र स्थापनाको प्रकृया अगाडि बढाइएको।

-“एक स्थानी यतह, एक उद्योग ग्राम”कार्यक्रम अन्तर्गत घोषणा भएका २३ वटा उद्योग ग्राममध्ये १९ वटा उद्योग ग्राममा स्थानीय तहसँगको साझेदारीमा पूर्वाधार निर्माणको कार्य प्रारम्भ गरिएको।

-ग्रामीण पर्यटन प्रवर्ध्दन र गरिवी निवारणमा योगदान गर्न ३०८ वटा सामुदायिक होमस्टेस्थापना । समुदायका३,४०२ वटा घरका करिव ५,४२५ कोठा तथा ९,६६६ वेडमा आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि प्रयोग हुने अवस्था रहेको।

-प्रदेशका ८८ प्रमुख पर्यटकीय गन्तव्य र १७ अन्य पर्यटकीय गन्तव्य गरी कुल १०५ पर्यटकीय गन्तव्यमा पूर्वाधार निर्माण तथा सौन्दर्यीकरण गरिएको र १०५ कि.मि. पदमार्ग निर्माण तथा मर्मत सम्भार गरिएको।

प्रदेशको संमृध्दिमा हाम्रो दृष्टिकोण

पार्टीको दीर्घकालीन रणनीतिक लक्ष्य समाजवाद निर्माण गर्ने हो।यसको लागि उत्पादक शक्ति र उत्पादन सम्बन्धको विकास गर्नुका साथै वितरण प्रणालीमा आमजनताको पहुँच स्थापित गर्नु पर्दछ।विगतमा अपनाइएको उदारीकरणको नीतिले आर्थिक क्रियाकलापमा राज्यको भूमिका खुम्चिन गई राष्ट्रिय पूँजि निर्माणमा सार्वजनिक क्षेत्रको उपस्थिति कमजोर हुनपुगेको छ। हामी धेरै कुरामा परनिर्भर भएका छौं।देश दलाल पूँजिपति वर्गको नियन्त्रणमा संचालन हुने जोखिम बढ्दो छ। यस्तो परिस्थितिमा समाजवाद आधार निर्माणको यात्रा थप कठिन र चुनौतिपूर्ण हुन्छ। मूल लक्ष्य प्राप्तिको लागि पार्टी दृढ सङकल्पित छ।अबको २५ वर्षमा समृध्द प्रदेश र सुखी नागरिक निर्माण गर्दै समाजवाद उन्मुख हुने पार्टीको दीर्घकालीन दृष्टिकोण रहेको छ। यसका लागि प्रदेशका नागरिकहरुलाई सक्षम वनाउँदै समावेशी समाज र सवल अर्थतन्त्र भएको प्रदेश निर्माण गरिने छ।

 

समृध्द प्रदेश र सुखी नागरिकप्रतिको दृष्टिकोण
सशक्तनागरिक सबलअर्थतन्त्र समावेशीसमाज
जीवनयापनसहज गुणस्तरीयतथादिगोपूर्वाधाररबजारमापहुँच युध्दअपराध, व्दन्द, आतंकरहिंसारहितसमाज
स्वस्थनागरिक लगानीमैत्रीवातावरण भ्रस्टाचारमुक्तरसामाजिकउत्तरदायित्वसहितकोसमाजरवजार
ज्ञान, सीपरआधारभूतशिक्षा व्यापारव्यवसायमैत्रीवातावरण व्यक्तिगतस्वतन्त्रता, वाक तथा प्रकाशनस्वतन्त्रता, सामाजिकसहिष्णुता, सूचनामापहुँच, कानूनीराज्यरसबैकोलागिसमानकानुन
स्वच्छजल, जमिन, वनरमाटो गुणस्तरीयरदिगोअर्थतन्त्र सुमधुरव्यक्तिगततथापारिवारिकसम्बन्ध,उच्चस्तरकोसामाजिकएकता,सार्वजनिकसंस्था, नागरिकरबजारवीचअटुटविश्वासतथाएकअर्काप्रतिसम्मानरएकता

 

प्रदेशको विकास र समृध्दिको लागि नीति तथा प्राथमिकता

पहिलोतीनबर्षसरकारमारहेरहामीलेप्रदेशकोसंस्थागतबिकासरसामाजिक, आर्थिकतथाभौतिकपूर्वाधारविकासमाउल्लेख्यउपलब्धिहासिलगरेका छौं।सो क्रममा संघीयताकोआधारशीलातयारगर्यौ।तर पछिल्लो समयप्रदेशसरकारसंचालनगरेकोगठवन्धनलेप्रादेशिक लक्ष्यकोमूलमर्मविपरितदिशाहीनरगन्तव्यहीनबाटो अँगालेकोछ।परिणामतःगठवन्धनसरकारकोगतिविधिलेसंघीयतालाईकमजोरर बदनाम बनाएको छ ।हामी यस निर्वाचनमानेकपा(एमाले)कोनेतृत्वमापुनःप्रदेशसरकारनिर्माण गर्न चाहन्छौं ।सरकार निर्माण गरेर अबरुध्दविकासको कामलाईट्रयाकमाल्याईसमृध्दप्रदेशरसुखीनागरिकनिर्माणको प्रादेशिक लक्ष्यमा केन्द्रीतविकास कार्यसंचालनगर्नेछौं।सामाजिकआर्थिकरुपान्तरणकाकार्यमा सरकारलाई पूर्ण जवाफदेही बनाउने छौं।सरकारलेपनिउपलब्धस्रोतसाधनका आधारमायोजनावध्दरुपमाआयोजनाकोपहिचान, प्राथमिकीकरणतथाछनौटगरीकार्यान्वयनगर्नेछ।आगामीपाँचवर्षकानिम्तिनेकपा (एमाले)काविषयगत रक्षेत्रगतमुख्यनीतितथाप्राथमिकतानिम्नअनुसारकाहुनेछन्:

राजस्वसंकलनरस्रोतव्यवस्थापन: आत्मनिर्भरप्रदेशनिर्माणकोअभियान

–  सामान्यीकरणअनुदानरराजस्वबाँडफाटशीर्षकअन्तर्गतसंघीयसरकारलेप्रदानगर्नेजलविधुत, पर्वतारोहण, वन, पानीतथाअन्यप्राकृतिकस्रोतबाटप्राप्तहुनेरोयल्टीप्रदेशतथास्थानीयतहलाईसमुचितवितरणगर्नसंघीयसरकारसँगसमन्वयगरिनेछ।

–  राष्ट्रिययोजनाआयोगतथासंघीयमन्त्रालयहरुवाटप्राप्तहुनेसमपूरक, विशेषरसशर्तकाअनुदानहरुवृध्दिगर्न पहल गरिनेछ।

–  अन्नपूर्णर मनास्लु संरक्षण क्षेत्रबाट प्राप्त हुने पर्यटन राजस्वको २५ प्रतिशत सम्वन्धित पालिकाहरुलाई र २५ प्रतिशत प्रदेश सरकारलाई प्राप्त हुने व्यवस्था गरिनेछ।

–  जलविधुतउर्जा, ढुंगागिट्टीलगायतकाखानीतथाखनिज, उद्योग, यातायात, रकृषिक्षेत्रमालगानीअभिवृध्दिगरीप्रदेशकोआयस्रोततथाराजस्ववृध्दिगरिनेछ।

ü  सहकारीतथानीजिक्षेत्रसँगसहकार्यगरीठूलातथाछिटोप्रतिफलदिनेआयोजनापहिचानतथाविकासगरिनेछ।

ü  प्रदेशकोप्राकृतिकपूँजीकोपरिमाण निर्धारण गरी प्राकृतिकस्रोतकोसंरक्षणरदिगोउपभोगतथाव्यवस्थापनगरिनेछ।

पर्यटनविकास: प्रदेशसमृध्दिकोआधार                   

–  साँस्कृतिक, प्राकृतिक र साहसिक पर्यटनको सम्भावनाको आधारमा प्रदेशमा रहेका पालिकाहरुलाई पर्यटकीय पहिचान प्रदान गरी प्रवर्ध्दन गरिनेछ।

-प्रदेशका सबै मुख्यपर्यटकी यगन्तव्यमा र होमस्टे भएका गाउँहरुममा पुग्न पूर्वाधारहरुको विकास गरिनेछ।

–  प्रदेशमारहेकासामुदायिकहोमस्टेहरुलाई आर्थिक केन्द्रका रुपमा बिकास गर्नस्थानीयमौलिकपहिचानसंरक्षणतथाप्रवर्ध्दनगर्ने, स्थानीयउत्पादनखपतगर्नेरआयतथारोजगारीवृध्दिगर्नेमाध्यमकोरुपमाविकासगर्दैलगिनेछ।

–  लमजुङको घलेगाउँ र राइनास, गोरखाको भच्चेक-सिरानडाँडा, तनहुँको वन्दिपुर र मान्हुँकोट, कास्कीको अस्ताम-धम्पुस, बेनासकोट,भीरचोक,स्यक्लुङकोट, पर्वतको भुकर लेस्पार, बाग्लुङ्गको भकुण्डे आदिलाई प्रदेशका हिलस्टेशनको रुपमा विकास गरिनेछ।

-राउण्डअन्नपूर्णट्रेल, मर्दीहिमालट्रेल, ग्रेटमाछापुच्छ्रेट्रेल, मोरिसहर्जोट्रेल, लार्केपासट्रेल, राउण्डधवलागिरिट्रेलरनामुनपासट्रेल,रोयल ट्रेकआदिलाईअन्तराष्ट्रियपर्यटनपदमार्गकोरुपमाविकास, संरक्षणरप्रवर्ध्दनगरिनेछ।

– विश्व प्रख्यात अन्नपूर्ण र मनास्लु पदमार्गमा रहेका थोराड्ला पास, काड्ला पास, मनास्लु पदमार्गमा पर्ने लार्के पास आसपासका बाटाहरुलाई व्यवस्थित बनाइने छ । छायाँमा परेका र सम्भावना बोकेका तेरिला पास लगायत, लोडो पास, सारेबुड पास, नाम्गेखर्क पास, नार पास लगायतका अन्य पदमार्गलाई स्तरोन्नति गरिनेछ ।

–  बैंककोलगानीसमेतआकर्षितगर्नसकिनेसम्भावनावोकेकापर्यटकीयगन्तव्यहरुकोविकासगर्नसमुदायतथानीजिक्षेत्रलाईप्रोत्साहनगरिनेछ।

–  अपाङ्गहरुकोलागिउपयुक्तहुनेपर्यटकीयगन्तव्यकोपहिचानगरीविकासगरिनेछ।

–  पर्यटकीयहोटल, रेस्टुरातथाहोमस्टे, टुर्सएण्डट्राभल्स, पदयात्रा, साहसिकखेललगायतकाक्षेत्रमाआवश्यकपर्नेजनशक्तिउत्पादनगरीआयतथारोजगारीसँगजोडिनेछ।

–  प्रदेशमारहेका५०००पर्यटकीयहोटल, रेस्टुराँतथाहोमस्टेरकृषकतथाकृषिफार्महरुकोडिजिटलिकरण एवं संजालिकरणगरीप्रदेशमाउत्पादितकृषिवस्तुकोवजारीकरणतथाप्रवर्ध्दनगरिनेछ।

–  पर्यटकीयगन्तव्यहरुमाउपलब्धपर्यटकीयप्याकेजकोएकीकृतरुपमाडिजीटलिकरणगरीगन्तव्यहरुकोसंजालीकरण, वजारिकरणतथाप्रवर्द्धनगरिनेछ।

–  होटलमाखपतहुनेतरकारीतथाफलफूलआफ्नैफार्ममाउत्पादनगर्नेपर्यटकीयहोटलहरुलाईविशेषअनुदानकोव्यवस्थागरिनेछ।

–   गण्डकी प्रदेशकोकेन्द्रपोखराक्षेत्रमाहुनेपर्यटकीयगतिविधिवृध्दिगर्नमासघाउनसभा, सेमिनार, सम्मेलनरप्रदर्शनीगर्नउपयुक्तपोखरामहानगरपालिकामाएकअन्तरास्ट्रियसम्मेलनकेन्द्रतथासभाहलनिर्माणगरिनेछ।

-पोखरामारहेकातालहरुलाईसौन्दर्यीकरणगरिनेछ।तालक्षेत्रहरुलाईअन्तराष्ट्रियस्तरकोपर्यटकीयलेकसिटीकोरुपमाविकासगरिनेछ।

–  संसारको उच्च स्थानमा रहेको तिलिचो ताल, पर्यटनको अथाह सम्भावना बोकेका तर छायाँमा परेका डोना ताल, पोड्कर ताल, छो कर्ना ताल, दुध पोखरी मनास्लु क्षेत्रको बिरेन्द्र ताल, मेमे पोखरी लगायत प्रदेशका बिभिन्न ठाउँमा रहेका तालहरुलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकसित गरिनेछ । यसबाहेक अन्य ताल तलाउसम्म पुग्ने पदमार्गलाई व्यवस्थित बनाइनेछ । फेवाताल, बेगनासलगायतकापोखरामारहेकातालहरुलाईसाईकलट्रायकरफूटट्रायकमार्फतजोडिनेछ।

-विमलनगरकोचुनभिरलाईरकक्लईम्बिंगट्रेनिंगसेन्टर, पर्वतकोकुश्मालाईसाहसिकपर्यटन, माथिल्लोमुस्ताङ्गलाईउच्चहिमालीगल्फकोर्ष र घोडचढी रंगशाला ,मनाङलाईफूटबल रस्कीखेलगन्तव्य, डोरपाटनक्षेत्रलाईशिकार पर्यटन रसाहसिकखेलकेन्द्रकोरुपमाविकासगरिनेछ।

-हिमाली क्षेत्र मनाड, मुस्ताड, म्याग्दी, ढोरपाटन आरक्ष, मनास्लु क्षेत्रमा फस्टाउँदै गएको बन्यजन्तु पर्यटन प्रवद्र्धनका लागि विविध कार्यक्रम संचालन गरिनेछ ।

–  प्रदेशमारहेकातातोपानीमूलहरुकोसंरक्षणगर्दैपर्यटकीयगन्तव्यकोरुपमाविकासतथाप्रवर्ध्दनगरिनेछ।

–  पोखरामाउपलब्धहुनेपर्यटकीयसेवाकोन्युनतममापदण्डनिर्धारणगरिनेछ।पोखरामापर्यटककोभ्रमणलाईसहजबनाउनपर्यटकीयवसकोव्यवस्थागरीसंचालनतथाव्यवस्थापनगरिनेछ।

–  गण्डकी प्रदेशका धवलागिरि हिमालमा सूर्योदय र अन्नपूर्ण हिमालमा सूर्यास्त हेर्ने अवलोकन केन्द्र निर्माण गरिनेछ ।

–  प्रदेशको पहिचान वोकेका कोसेलीजन्य उत्पादनहरुको प्रदर्शनी तथा विक्री वितरण गर्न फेवाताल तथा लेकसाईड वरपरको क्षेत्रमा पर्यटक कोशेली घर स्थापना र संचालन गरिनेछ।अन्य जिल्लाहरुमा त्यस्ता उत्पादनहरुको ब्रान्डिङ गरिनेछ ।

–  त्रिवेणीधाम-देवघाट-केलादीघाट-मुक्तिनाथ-दामोदरकुण्ड-गलेश्वोर…पौलत्स्यआश्रम-पंचकोट-बाग्लुङ्गकालिका-विन्दवासिनी-इशानेश्वर महादेव-व्यासगुफा-गोरखा कालिका दरवार-मनकामनालगायतका प्रदेशका मुख्य धार्मिक क्षेत्रलाई एकीकृत धार्मिक पर्यटकीय पदमार्ग (सर्किट)कोरुपमा विकास तथा प्रवर्ध्दन गरिनेछ । मुस्ताङमा गुरु रिम्पोछे धार्मिकस्थलको डकुमेन्ट्री निर्माण गरिनेछ ।

–  पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको संचालन तथा व्यवस्थापनको लागि आवश्यक कार्य गरिनेछ।

–  हालको पोखरा विमानस्थल, रत्न मन्दिर तथा हिमागृह, साल्मेडाडाको गोरखा स्मारक, पुम्भीकोटको महादेवस्थान, काहूँडाडाको धर्मका या बुद्ध मण्डला, गुरुङ्ग जातिको आदिम थलो क्वोंलासौंथर, ढोरपाटन, मादी गाउँपालिकाको कोरी ठुलेकलाई गण्डकी प्रदेशको विशेष पर्यटकीय गन्तव्यको रुपमा संरक्षण, विकास र प्रवर्ध्दन गरिनेछ।

–  प्रदेशमारहेकापोखरा, पालुङ्गटार, वलेवा, हुम्डे, चराङ(मुस्ताङ)लगायतकाविमानस्थलहरुस्तरोन्नति, संचालनतथाव्यवस्थापनगर्नसंघीयसरकारतथानिजिक्षेत्रसंगसहकार्यगरिनेछ।

–  पर्यटकको बसाइ लम्व्याउन बिशेष कार्यक्रमहरु ल्याइने छ ।

प्रविधिरप्राबिधिक सहितकृषि:  गण्डकी प्रदेशकोसमृध्दि

– कृषकवर्गीकरणगरीकृषिउत्पादनकोअनुपातमाप्रोत्साहनअनुदानदिनेव्यवस्थागरिनेछ।

– कृषिउत्पादनरउत्पादकत्ववृध्दिमासघाउनकृषकतथाकृषिफार्महरुलाई कृषि अनुसन्धानको ज्ञान ,प्रविधिरउपकरणउपलब्ध गराइने छ।

– कृषिपकेटक्षेत्रतथाब्लकहरुविस्तारतथाविकासगरिनेछ।जलवायुअनुकुलितप्रविधिकोप्रयोग, विकासतथाविस्तारगरीकृषिक्षेत्रको आयतथारोजगारीवृध्दिगरिनेछ।

– किसानकोउत्पादनलाईव्यवस्थितगरीवजारीकरणमासघाउनप्रदेशस्तरीयकोल्डस्टोररप्रत्येकवडामाकोल्डरुमस्थापनागरिनेछ।

– बैंककोलगानीसमेतआकर्षितहुनसक्नेकृषिसम्वन्धिआयोजनाविकासकोलागिनीजिक्षेत्रलाईप्रोत्साहनगरिनेछ।

– प्रदेशबाहिरतथाविदेशमानिर्यातगर्नसकिनेकृषिउपजहरुकोपहिचान, उत्पादन, रबजारीकरणकोलागिकृषिफार्मतथानिजीक्षेत्रलाईसहयोग गरिनेछ।

– प्रदेशमारहेकाकृषिफार्मरकृषिउपजविक्रीकेन्द्रहरुकोडिजीटाईजेसनरसंजालीकरणगरीकृषिउत्पादनकोबजारीकरणतथाप्रवर्ध्दनगरिनेछ।

– प्रदेशसरकारआफैंलेएकपालिकामाएकनमुनाहरितगृहस्थापनारसंचालनगरीकृषक, कृषिफार्मतथापालिकाकाविद्यार्थीहरुलाईसीपतथाप्रविधिहस्तान्तरणमासहयोगगरिनेछ।

– कृषिकर्मगरीपढ्दैकमाउदैगर्नचाहनेविद्यार्थीतथाविद्यालयहरुलाईकृषिअनुदानप्रदानगरिनेछ।कृषिफार्मसंचालनगरीआयवृध्दिगर्नतथास्वरोजगारहुनकृषकसमूह, आमासमूहतथायुवाक्लबहरुलाईउत्प्रेरितगरिनेछ।

– व्यवसायिकउत्पादनकोठूलोसम्भावनाबोकेकामुख्य५फलफुलतथा५वालीकोविस्ताररबजारीकरणलाईतीव्रतादिइनेछ।मुस्ताङ, मनाङरगोरखा, बाग्लुङ, म्याग्दी, स्याङ्जालमजुङ्गकाउत्तरीभूभागहरुमास्याउरसुन्तलाखेतीविस्तारगरिनेछ।पाँचवर्षमास्याउरसुन्तलाकोउत्पादनदोब्बरहुनेगरीकार्यक्रमल्याईनेछ।

– शहरीरउप-शहरीक्षेत्रकामुख्यचोकहरुमाकृषिहाटबजारआयोजनागरीस्थानीयकृषिउत्पादनकोविक्री तथावितरणगर्नेव्यवस्थागरिनेछ।

– गण्डकी प्रदेशकाकृषकहरुलाईकृषकपरिचयपत्रउपलब्धगरिनेछ।परिचयपत्रका आधारमा सेवाका क्षेत्रमा छुटको व्यवस्था गरिनेछ ।प्रदेशकाउत्कृष्टकृषकहरुलाईपुरस्कृतगर्नेव्यवस्थागरिनेछ।परिचय पत्र प्राप्तकृषककाछोराछोरीहरुलाईप्राविधिकशिक्षा, व्यवसायिकतालिमतथाउच्चशिक्षाकोलागिछात्रवृत्तिकोव्यवस्थागरिनेछ।

– बाढी, खडेरीअत्याधिकपानीजस्ताप्राकृतिकप्रकोपकोकारणकृषिबालीनोक्सानभएकोखण्डमाक्षतिपूर्तिकोव्यवस्थागरिनेछ।

– गण्डकीविश्वविद्यालयमार्फतकृषिऔजारहरुकोउत्पादनगरीकृषिलाईप्रविधिमैत्रीवनाईनेछ।किसानसहकारीसंस्थाहरूलाईमेसिनरीऔजारखरिदमासहुलियतकोव्यवस्थामिलाईनेछ।आवश्यकताका आधारमा पालिकाहरुमा कृषिमेशिनरीसहकारीस्थापनारसंचालनगरिनेछ।

– गण्डकी प्रदेशको भूबनोटका आधारमा हिमाली, पहाडीरतराईक्षेत्रमा एक,एकवटाकृषिअनुसन्धानकेन्द्रस्थापनातथासंचालनगरी जलवायु अनुकुलितवालीको अनुसन्धान ,विउउत्पादनरविविधिकरणगरिनेछ।

– उत्पादित सामाग्रीनिर्यातमासहजीकरणकालागिपोखराअन्तर्राष्ट्रियविमानस्थलमाअत्याधुनिककार्गोसेन्टरस्थापनागरीसंचालनमाल्याईनेछ।

-कृषिप्रशोधनउद्योगस्थापनारसंचालनगर्ननिजिक्षेत्रलाइसहयोगगरिनेछ।

– बन्यजन्तु र मानवबीचको द्वन्द न्यूनीकरण गर्न पशुबिमा कार्यक्रमलाई प्रभावकारी बनाइने छ ।

– संघीयसरकार र स्थानीय तहसँगकोसहकार्यमा भूमि व्यवस्था तथा उपयोग नीति तयार गरी लागु गरिनेछ।

– भूमिको बैज्ञानिक व्यबस्थापन र आधुनिक कृषिविकासका लागि संघीयसरकार र स्थानीयतहसँगकोसहकार्यमाभूमिबैंकस्थापनारसंचालनगरीव्यवसायिककृषिआयोजनाविकासलाईसहजबनाईनेछ।

– कृषिउत्पादनतथाउत्पादकत्ववृध्दिकालागिप्रदेशमारहेकाटार, वेसी, तथासमथरफाँटहरुमाजग्गाचक्लावन्दीकार्यक्रमसंचालनगरिनेछ। करारखेतीरएकीकृतभू-सूचनाप्रणालीलाईप्रवर्ध्दनगरिनेछ।

– नदीकिनारतथावगरमारहेकाजग्गाहरुकोउकासगरीकृषियोग्यभूमिकोविस्तारगरिनेछ।

– एककृषिसहकारीएकउत्पादनकार्यक्रमसंचालनगरिनेछ।

– बचततथाऋणसहकारीक्षेत्रलाईकृषिक्षेत्रमालगानीअभिवृध्दिगर्नउत्प्रेरितगरिनेछ।

वनतथावातावरणसंरक्षणरव्यवस्थापन

–      वनपैदावारकोविक्रीतथावितरणलाईव्यवस्थितगरीवनपैदावारमाआधारितरोजगारी, आयतथाराजस्ववृध्दि गर्नवनप्राधिकरणस्थापनारसंचालनगरिनेछ।

–      वनपैदावारमाआधारितसानातथामझौलास्तरकाफर्निचर, जडीबुटीतथाफलफुलमाआधारितउद्योगस्थापनागर्नसामुदायिकवनउपभोक्तासमूहतथानिजिक्षेत्रलाईप्रोत्साहनगरिनेछ।

–      भू-बनोटरहावापानीकोअनुकूलताकोआधारमाबहुमुल्यजडिबुटीखेतीकोविकासरविस्तारगरिनेछ।

–      वनक्षेत्ररनिजीजग्गामाबहुमूल्यप्रजातिकारुखतथाफलफुलवृक्षारोपणगरीवनक्षेत्रकोउत्पादकत्ववृध्दिगर्नेकार्यक्रमसंचालनगरिनेछ।

–      पारिवारिकवानिजीवन, शहरीवनरहरितउद्यानविकासकार्यक्रमसंचालनगरिनेछ।

–      प्रदेशकामुख्यराजमार्गसडकपेटी, डिभाइडरतथापार्कहरुमावृक्षारोपणगरीसौन्दर्यीकरणगरिनेछ।

–      राष्ट्रियतथाप्रादेशिकराजमार्गआसपासकास्थानमासार्वजनिकशौचालय, विश्रामस्थल, इलेक्ट्रिकलसवारीसाधनचार्जिङ्गस्टेसनकोनिर्माणगरिव्यवस्थापनगरिनेछ।

–      पोखराभित्ररहेकातालहरुमाअधिकतमरुपमामाछाउत्पादनगर्नसहकारीहरुलाईप्रोत्साहितगरिनेछ।

–      जमिनकोभिरालोपन, भू-वनोटतथाहावापानीकोआधारमाभू-संरक्षणगरिनेछ।चौतारी , विश्रामस्थल एवं ताजा हावाका स्रोत साथैनदी, तालतलैया, पोखरीलगायतकापानीकोस्रोतसंरक्षणगरिनेछ।

–      पोखरामुग्लिङ्गसडकखण्डमाफुटट्रयाकरसाइकललेनकोविकासगरिनेछ।

–      पोखरालगायतप्रदेशमामुख्यशहरहरुमावायुप्रदुषणअनुगमनकेन्द्रस्थापनागरिनेछ।

–      ताल तथा जलाधार क्षेत्रका उपल्लो र तल्लो तटीय क्षेत्रको संरक्षणर उपभोगमा स्थानीय समुदायलाई उत्प्रेरित गरिनेछ ।

–      बाँदरको समस्या समाधानका लागि बिशेष योजना निर्माण गरी स्थानीय तहसँग सहकार्य गरिने छ ।

औधोगिकविकासरआपूर्तिव्यवस्थापन

– प्रत्येक स्थानीय तहमा औधोगिक ग्राम र नवलपुरको लोकाहा खोला र कास्कीको पुड़ीटारमा प्रादेशिकस्तरको औधोगिक क्षेत्रको स्थापना गरि संचालनमा ल्याईनेछ।

–  निजिक्षेत्रलाईप्रदेशऔधोगिकग्रामतथाऔधोगिकक्षेत्रमाउद्योगस्थापनागर्नप्रोत्साहनगरिनेछ।

–  कृषि, वनपैदावाररखानीजजन्यउद्योगसंचालनगरीस्थानीयआयतथारोजगारअभिवृध्दिगर्नस्थानीयतह, सामुदायिकवनउपभोक्तासमूहरनीजिक्षेत्रलाईप्रोत्साहनगरिनेछ।

–  वजारअनुगमनतथानियमनलाईप्रभावकारीवनाईनेछ।

–  नवलपुरको धौवादी र पर्वतको फलाम खानी सञ्चालन गर्न सहयोग र लगानीको बातावरण निर्माण गरिने छ ।

–  सानाव्यवसायीलाईआफ्नोव्यापारव्यवसायप्रवर्ध्दनगर्नसहयोगपुग्नेडिजिटलकौशलविकासप्रशिक्षणकार्यक्रमसंचालनगरिनेछ।

–  दूध, दुग्धजन्य, फर्निचर, स्लेटढुङ्गाजस्ता उद्योगस्थापनारसंचालनगर्नसमुदाय, सहकारीतथानीजिक्षेत्रलाईउत्प्रेरितगरिनेछ,सहयोग उपलब्ध गराइने छ ।

 यातायातपूर्वाधारःआर्थिक विकासको मूल आधार

–  गण्डकी प्रदेशको विकास र समृध्दिमा उल्लेखनीय योगदान दिने आयोजनाहरुको पहिचान र प्राथामिकीकरण गरिनेछ ।

–  स्थानीयतहकेन्द्रजोड्नेसडक, निर्वाचनक्षेत्रसडक,पर्यटकीय, ऐतिहासिकतथारणनीतिकमहत्वकासडकनिर्माणलाईनिरन्तरतादिईनेछ।

–  मोटरपुलआवश्यकभएकासडकखण्डमामोटरपुलनिर्माणगरीबाह्रैमहिनायातायातसंचालनयोग्यबनाईनेछ।

–  खोलाहरुमा आवश्यक स्थानमाझोलुङ्गेपुलनिर्माणगरीआवातजवातलाईसहजबनाइनेछ।सूचिकृत झोलुङ्गे पूलहरु निर्माण सम्पन्न गर्न तीव्रता दिइने छ ।

–  स्थानीयतहकेन्द्ररवडाकेन्द्रजोड्नेसडकहरुलाई स्तरोन्नति गर्नस्थानीयतहलाईसहयोगगरिनेछ।

–  प्रदेशमा रहेका मुख्य राजमार्ग तथा स्थानीय सडकको दूरी उल्लेख्य मात्रामा छोट्याउन सकिने खण्डहरुमा सम्भाव्यताका आधारमा छोटोदूरीका सुरुङ्गमार्ग निर्माण प्रारम्भ गरिनेछ।

–  पोखरा-भिमाद-दुम्कीवाससडक, कालिगण्डकीकरिडोरसडक, डुम्रे-बेशिसहर-मनांगसडक, सिध्दार्थराजमार्ग, पुष्पलाल-मध्यपहाडीराजमार्ग, बेनिघाट-रुइलाभन्ज्यांगसडक, बुढीगण्डकीकरिडोर, गैंडाकोट … देवघाट … मुग्लिङ सडक,बेनी …दरवाङ… रुकुम,मुस्ताङ …डोल्पा… सडक,नयाँपुल… बीरेठाँटी…घोरेपानी …तातोपानी सडक,लामे आहाल …सुरौदी …स्याङ्जा,पोखरा … सराङकोट कास्कीकोट …सल्यान…पर्वत सडक,पोखरा-मुग्लिङ्गसडकस्तरोन्नतिगरीसामाजिक, आर्थिकरपर्यटकीयक्रियाकलापअभिवृध्दिगरिनेछ।

–  कोराला र त्रिवेणी नाका लाई व्यवस्थित बनाउन र उक्त स्थानको शहरीकरणमा जोड दिइनेछ ।

–  प्रदेशमारहेकासडकहरुकोनियमितमर्मतसम्भारतथासंचालनगर्नसंस्थागतसंरचनाविकासगरिनेछ। मर्मत सम्भार कोष निर्माण गरिनेछ ।

–  सबैपालिकामाव्यवस्थितबसपार्ककोलागिजग्गाव्यवस्थापनरनिर्माणगरिनेछ।

–  सवारीचालकअनुमतिपत्र, दर्ता, नविकरणलगायतकायातायातव्यवस्थापनकार्यलाईवैज्ञानिकअनलाईनप्रणालीमार्फतसंचालनगरीप्रभावकारीबनाइनेछ।

–  प्रदेशमासंचालितवससेवाकोन्यूनतममापदण्डनिर्धारणगरिनेछ; बसरोक्नेरओराल्नेनिश्चितठाउँहरुतोकिनेछ।पोखरामा बिद्युतीय सवारी साधन सञ्चालनमा प्रोत्साहन गरिने छ ।चार्जिङ स्टेशन र राजमार्गमा विश्रामस्थल  निर्धारण गरिनेछ ।

खानेपानीतथासरसफाई

ü  आधारभूतखानेपानीसेवामाशत् प्रतिशतनागरिककोपहुँचस्थापितगराइनेछ।

ü  प्रदेशकासवैघरपरिवारलाईनीजिधारामार्फतखानेपानीसुविधावितरणगर्नेव्यवस्थागरिनेछ।

ü  प्रत्येकपालिकाहरुकोफोहोरमैलाव्यवस्थापनगुरुयोजनानिर्माणगरीक्रमवध्दरुपमाफोहोरमैलाव्यवस्थापनतथाढलनिकासकोव्यवस्थागर्नस्थानीयतहतथासंघीयसरकारसंगसहकार्यगरिनेछ।

ü  पानीकामुहानसंरक्षण, सरसफाईतथागुणस्तरकोपरीक्षणगरिनेछ।

ü  पोखरालगायतकामुख्यशहरतथाराजमार्गहरुमाव्यवस्थितसार्वजनिकशौचालयनिर्माणगरिनेछ।

सिँचाईतथानदीव्यवस्थापन

ü  प्रदेशकाकृषियोग्यजग्गाकोउत्पादनरउत्पादकत्ववृध्दिकोलागिथपपाँचलाखरोपनीजमिनमाबाह्रैमहिनासिँचाईसुविधाविस्तारगरिनेछ।

ü  बाह्रैमहिनासिँचाईसुबिधापुगेकाकृषियोग्यजग्गामावर्षकोकम्तिमादुईखेतीगर्नउत्प्रेरितहुनेकार्यक्रमसंचालनगरिनेछ।

ü  प्रदेशभित्रकामुख्यकृषियोग्यटाररबेसीखेतहरुमाठूलोसिंचाईआयोजनासंचालनगरीसिँचाईसुबिधाविस्तारगरिनेछ।

ü  सानाखोलाहरुमामानवनिर्मिततालनिर्माणगरीखानेपानीतथासिँचाईपानीभण्डारणतथावितरणगर्नतथापर्यटकीयगतिविधिवृध्दिगर्नसघाउपुग्नेबहुउद्देश्यीयआयोजनाविकासगरिनेछ।

ü  मुख्यनदीहरुमातटवन्धननिर्माण, जग्गाउकासरनदीकोसमग्रव्यवस्थापनगर्नेकार्यएकीकृतरुपमासंचालनगरिनेछ।

ज्यालो गण्डकीः  उर्जाबाट समृध्दि

ü  गण्डकीप्रदेशज्यालोप्रदेशकोसंकल्पपूरागरिनेछ।प्रदेशकासबैघरहरुमाराष्ट्रियप्रसारणलाईनमार्फतकोविधुतमापहुँचस्थापितगरिनेछ।बिधुत बितरणको क्षमता बृध्दि गरी बितरण प्रणालीको गुणस्तरीय सुधार गरिने छ ।

ü  प्रदेशमास्थापितउद्योग, औधोगिकग्राम, सिँचाईतथाखानेपानीआयोजनाहरुमाबिधुतखपतवृध्दिगर्नप्रोत्साहनगरिनेछ।

ü  विधुतीयचूलोतथा अन्यउपकरणरविधुतीयसवारीसाधनप्रयोगलाईप्रोत्साहनगरिनेछ।

ü  प्रदेशमानिर्माणाधीनजलविद्युतआयोजनाहरुमासेयरलगानीगरीप्रदेशसरकारकोआयवृध्दिगरिनेछ।गण्डकी प्रदेशकाजलविधुतआयोजनामानागरिक लगानीको उपयुक्त बिधि निर्माण गरिने छ ।गण्डकीमा लगानी मैत्री वातावरण निर्माण गरिने छ ।

सबै पालिका केन्द्रः स्वच्छ र सुन्दर नयाँ शहर

ü  शहरतथाग्रामणविकासका निम्तिस्थानीयतहसँगकोसहकार्यमाप्रादेशिकपहिचानसहितकोभवननिर्माणमापदण्डनिर्माणगरीप्रदेशकाभवननिर्माणलाईथपव्यवस्थितगरिनेछ।

ü  मध्यनेपाल, कुस्मा, पुतलीबजार, शुक्लागण्डकीलगायतकाप्रदेशसरकारलेघोषणागरेकास्याटलाइटसिटीहरुमागुणस्तरीयसडकतथाखानेपानीपूर्वाधार, प्राविधिकशिक्षालयरगुणस्तरीयस्वास्थ्यसेवाआदिकोव्यवस्थागरिनेछ।

ü   बिकास भइ रहेका हरेक पालिका केन्द्रलाई शहरको रुपमा बिकास गर्न योजनाबध्द कामको थालनी गरिनेछ ।सुन्दर स्वच्छ नयाँ शहरहरु बिकास गरिनेछ ।

ü  अल्पसंख्यक, दलित र घरवारविहिन सबैगरीवपरिवारलाईआवासकोव्यवस्थागरीगरीवघरपरिवारकोजीवनस्तरउकास्न रोजगारीका लागि सीप प्रदान गरिनेछ।

ü  स्थानीयतहमारहेकागरीवीका रेखामुनिका घरपरिवारलाईगरीवपरिचयपत्रउपलब्ध गराइनेछ ,रासनकार्डव्यबस्था एवं प्रत्येक परिवारलाई रोजगारी प्रदान गरिने छ।गरीवी हटाउन सहयोग पुग्नेकार्यक्रमल्याइनेछ।

स्वस्थ नागरिक: समृध्दप्रदेश

–  प्रत्येकवडामाकम्तिमाएकप्राथमिकस्वास्थ्यकेन्द्रर प्रत्येकपालिकामाएकअस्पतालनिर्माणगरीस्वास्थ्यसेवाका प्राबिधिक जनशक्ति व्यवस्थापन सहित सेवाप्रवाहलाईप्रभावकारीबनाईनेछ।

–  ५००शैय्याकोगण्डकीविश्वबिद्यालयशिक्षणअस्पतालरमुटु, मृगौलातथाक्यान्सरउपचारकोलागि५०-५०शैय्याकोविशिष्टीकृतअस्पतालनिर्माणगरिनेछ।नेपाल प्रहरीको प्रादेशिक अस्पताललाई कम्तिमा ५० शैय्याको सुविधा सम्पन्न अस्पताल भवन बनाइने छ ।

–  प्राथमिकस्वस्थकेन्द्रतथाप्रादेशिकअस्पतालहरुमा१०००डाक्टर, १०००नर्सर१०००जनस्वास्थ्यअधिकृतलगायतकाजनशक्तिव्यवस्थापनगरीनागरिकलाई निशुल्क रगुणस्तरीयस्वास्थ्यसेवाप्रदानगरिनेछ।

–  प्राथमिकस्वस्थकेन्द्ररप्रादेशिकअस्पतालहरुमाइलेक्ट्रोनिकमेडिकलरेकर्डप्रणालीमार्फतविरामीकोरेकर्डराखीस्वास्थ्यसेवाप्रवाहलाईव्यवस्थितगरिनेछ।

–  लोपोन्मुख हिमाली आयुर्वेदीक उपचार पद्दती (सेवा रिक्पा) को जगेर्ना गर्न हिमाली जडिबुटी संरक्षण गतिविधिलाई अभियानका रुपमा संचालन गरिनेछ । सेवा रिक्पा (आम्ची) सम्वन्धी पढाई हुने शैक्षिक संस्थालाई प्रभावकारी बनाउन अनुदानको प्रवन्ध मिलाइनेछ ।

–  सबैनागरिकलाईनियमितस्वस्थचेकजाँचगर्नप्रोत्साहनगरिनेछ।गर्भवतीमहिला, जेष्ठनागरिक, अपांगहरुकोघरघरमागईस्वास्थजाँचगरिनेव्यवस्थामिलाइनेछ।

–  सार्वजनिकरनिजीअस्पतालहरूमाउपचारकोलागिप्रदेशकासबैघरपरिवारकोपरिवारस्वास्थ्यबीमागराइनेछ। स्वास्थ्य बीमालाई सजिलो र प्रभावकारी बनाउन अस्पतालहरुमा रिफर नगरी बीमा कार्डका आधारमा उपचार गर्न पाउने व्यवस्था गरिने छ ।

–  स्थानीयपालिकाहरुबाट उपलब्ध गराइने औषधिहरु गुणस्तरीय बनाउने व्यवस्था र बिधि तय गरिने छ ।

–  प्राथमिकस्वास्थ्यकेन्द्र, प्रादेशिकअस्पताल, विश्वविद्यालयशिक्षणअस्पतालहरुवीचसंजालिकरणगरीविज्ञतातथाअनुभवआदानप्रदानगरिनेव्यवस्थागरिनेछ।

 समृध्दगण्डकीप्रदेशनिर्माणको आधारः शिक्षा ,सीप र रोजगार

–  आधारभुतशिक्षानिशुल्करअनिवार्य, माध्यमिकशिक्षानिशुल्करउच्चशिक्षासर्वसुलभबनाइनेछ।

–  प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रमाकम्तिमा एकनमुनाविद्यालयस्थापनागरीशैक्षिकसुधारकार्यक्रमसंचालनगरिनेछ।

–  भौगोलिकअवस्था,सम्भाव्यता र आवश्यकताकोआधारमाविद्यालयहरूकोमर्ज, छात्रवासनिर्माण, र विद्यालयवससेवासंचालनगर्न आवश्यक सहयोगगरिनेछ।

_ गण्डकी विश्वविद्यालय/प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानमार्फत सार्वजनिक विद्यालयमा कक्षा ९ देखि नै सीप विकास तालिम र करियर काउन्सिलिङको व्यवस्था गरिने छ।

–  स्थानीय तहसँगको सहकार्यमा प्रत्येक वडामा कम्तिमा एक प्रारम्भिक बालविकास बिद्यालय स्थापना गरी संचालन गरिनेछ।

–  युवाहरुलाईवजारकोमागअनुसारकाप्राविधिकशिक्षातथाव्यवसायिकसीपविकासतालिमप्रदानगरीआयतथारोजगारसँगजोडिनेछ।

–  गणितरविज्ञानविषयकाशिक्षककोअभावभएकाविद्यालयहरुमाशिक्षकपरिपूर्तिगर्नगण्डकी बिश्वबिध्यालय र स्थानीयतहसँगसहकार्यगरिनेछ।

–  शिक्षकहरुलाईआवश्यकपर्नेतालिमकोव्यवस्थागरिनेछ।उत्कृष्टशिक्षककोमापदण्डतयारगरीपुरस्कृतगरिनेछ।

–  युवाहरुलाई“पढाइ कमाइ र दबाइ“का लागिप्राविधिकशिक्षातथाव्यवसायिकतालिमलिनउत्प्रेरितगरिनेछ।गरिबतथाजेहेन्दारविद्यार्थीहरुकोलागिछात्रवृत्तिकोव्यवस्थागरिनेछ।

–  आधारभूततहकाबिद्यार्थीहरुलाईमहिनामाएकपटकस्थानीयस्तरकोशैक्षिकभ्रमणगराईआफ्नोपालिकाकोभूगोल, प्रकृतिरविकासनिर्माणकागतिविधिवारेअनुभूतिगराउनविद्यालयहरुलाईप्रोत्साहनगरिनेछ।

–  उच्चशिक्षाअध्ययनगर्नचाहनेगरीवतथाअल्पसंख्यकविद्यार्थीहरुकालागिऋणकोव्यवस्थागरिनेछ।

–  प्रदेशमारहेकाविश्वविद्यालय, महाविद्यालय, आधारभूतविद्यालय, बालविकासशिक्षालयहरुकोसंजालीकरणगरिनेछ।आधारभूतशिक्षाकोगुणस्तरअभिवृध्दिगर्नप्रदेशमारहेकाविश्वविद्यालयहरुलाईविद्यालयहरुसँगजोडिनेछ।

–  विद्यालयहरुमा इतिहास,नैतिकरव्यवसायिकशिक्षाकोपढाइगर्नगराउनस्थानीयतहलाईअभिप्रेरितगराईनेछ।

–  उच्चशिक्षामाअध्ययनरअनुसन्धानमार्फतविज्ञतारविशेषज्ञताकोविकासगरिनेछ।अनुसन्धान केन्द्रहरुलाई प्रभावकारी बनाइने छ ।आजको अनुसन्धान भोलिको नीति बनाइने छ ।

–  सार्वजनिकशिक्षामा लगानी वृध्दि गरी सार्वजनिक शिक्षालयहरुलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाइने छ।नीजिलगानीका बिद्यालयहरुलाईनियमनगरी गुणस्तरीय र व्यबस्थित बनाइने छ ।

–  देशविदेशमारहेकाअनुभवीगणित, विज्ञानरअंग्रेजीशिक्षकमार्फतअनलाईनकक्षासंचालनगरीप्रदेशमारहेकाविद्यालयहरुका कक्षाकोठा प्रबिधि मैत्री बनाउन स्थानीयतहलाईसहयोगगरिनेछ।

–  नेपाली सेना र  प्रहरीका बिद्यालयलाई स्तरबृध्दि गरी गुणस्तरीय बिद्यालय बनाउन सहयोग गरिने छ। प्रदेशमारहेकाविश्वविद्यालय, अनुसन्धानतथाअविस्कारकेन्द्रहरुलाईनवप्रवर्तनकागतिविधिसंचालनगर्नप्रोत्साहनगरिनेछ।

श्रममा बिश्वाश, सीप सिक्ने लगनबाटरोजगार

  • प्रदेश श्रम तथा रोजगार ऐन निर्माण गरिनेछ ।
  • एक घरएकरोजगारको ब्यवस्था गरिने छ ।रोजगारनभएकाघरपरिवारपहिचानगरीरोजगारीकोव्यवस्थागरिनेछ।
  • कृषक, कृषिफार्मतथापर्यटकीयहोटलहरुलाईआवश्यकजनशक्तिआपूर्तिगर्नपर्यटनतथाकृषिरोजगारकेन्द्रस्थापनातथासंचालनगरिनेछ।
  • एकलमहिलाहरुकोअभिलेखराखीउनीहरुलाईआयतथारोजगारसँगआवध्द गर्न सीप प्रदानगरिनेछ।
  • ५००० जना गरिवतथाअसहाय, अल्पसंख्यकरपिछडिएकावर्गकाविद्यार्थीलाईनिशुल्कप्राविधिकशिक्षातथाव्यवसायिकतालिमप्रदानगरीआयतथारोजगारसँगजोडिनेछ।
  • व्यवसायिकसीपयुक्तयुवाहरुलाईव्यवसायसंचालनकालागिविउपूँजीकोव्यवस्थाका साथैबिदेशबाटफर्किएरआएकाहरुकोसीपपरिक्षणतथाप्रमाणिकरणकोव्यवस्थागरीव्यवसायसंचालनकोलागिविउपूँजीकोव्यवस्थागरिनेछ।
  • विदेशमाकार्यरत३लाखभन्दाबढियुवाहरुमार्फतप्राप्तहुनेरेमिटेन्सलाईउत्पादनमूलकक्षेत्रमालगानीगर्नउत्प्रेरितहुनेकार्यक्रमल्याईनेछ।त्यस्ता योजना निर्माण र कार्यान्वयनमा सरकारले सहयोग गर्नेछ ।
  • यस प्रदेशका बिदेशमा कार्यरत जनशक्तिको अभिलेखीकरण गरी बिकास निर्माणमा ब्रेन बैंकका रुपमा उपयोग गरिने छ ।

भाषा, कलातथासंस्कृति

–  प्रदेशकास्थानीयभाषा, कला, साहित्य ,कला र संस्कृतिकोसंरक्षणरप्रवर्ध्दन गरिनेछ।यस्ता बिषयमाअनुसन्धान गर्ने व्यवस्था मिलाइने छ।

–  प्रिन्टरडिजिटलदुवैकपीरहनेप्रादेशिकपुस्तकालयकोरुपमा  “गण्डकीप्रदेशपुस्तकालय” स्थापनारसंचालनगरिनेछ।स्थानीयतहसँगकोसहकार्यमाप्रदेशमास्थापनाभएकासामुदायिकपुस्तकालयहरुलाईगण्डकीप्रदेशपुस्तकालयअन्तर्गतसंजालिकरणगरीव्यवस्थितगरिनेछ।

–  प्रदेशकाघाटु, सोरठी, भजन, सारंगीवाजा, पन्चेबाजाजस्तापरम्परागतसंस्कृतिलाईराष्ट्रियतथाअन्तराष्ट्रियकरणगरिनेछ।

–  गण्डकीका साहित्य र कलालाई अन्य प्रदेश र बिदेशमापनि प्रचार प्रसार र अध्ययन गर्न सकिने व्यवस्था गरिनेछ।

–  गण्डकी प्रदेशमा जन्मिएका र बिदेश रहेरपनि भाषा साहित्य र कलाका क्षेत्रमा योगदान दिइरहेका नेपालीहरुलाई अभिलेखीकरण गरिने छ, उनीहरुका सिर्जनाहरुलाई अपनत्व ग्रहण गरी प्रादेशिक पुस्तकालय मार्फत अध्ययनको व्यवस्था मिलाइने छ ।

 

महिला, बालबालिका, जेष्ठनागरिक, अपाङ्गता

_  प्रत्येकवडामा जेष्ठ नागरिक सेवा केन्द्र,बालहेरचाहकेन्द्ररवालउद्यानकोव्यवस्थागरिनेछ।

_  अपाङ्गताभएका व्यक्तिकालागिविशेषशिक्षाकोव्यवस्थागर्न बिशेष बिद्यालयहरु सञ्चालन गरिनेछ ।

–  अपाङ्गताभएकाव्यक्ति, अशक्तव्यक्ति, जेष्ठनागरिकरगर्भवतीमहिलाहरुकोघरघरमैनियमितस्वास्थ्यचेकजाँचगर्नतथानिःशुल्कउपचारकालागिविशेषयोजनाल्याइनेछ।

–  सार्वजनिकसेवामामहिलाहरुकोउपस्थितिलाईअभिवृध्दिगर्ननिशुल्कसेवा प्रवेशपरीक्षातयारीकक्षासञ्चालन गरिनेछ ।

सुशासन

–  प्रदेशलाईअपुगजनशक्तिव्यवस्थापनगरीसार्वजनिकसेवाप्रवाहलाईथपप्रभावकारीबनाईनेछ।

–  प्रदेशकाकर्मचारीहरुकोवृत्तिविकासकोलागिउपयुक्तकार्यकमल्याईनेछ।काममा पारदर्शिता र जवाफदेही प्रणालीलाई थप सुदृढ बनाइने छ ।

–  सार्वजनिकसेवामारहेकाभ्रष्टाचारनियन्त्रणगरिनेछ। सरकारी कारोबारहरुनगदबिहीन भुक्तानी प्रणालीमा आबध्द गरिनेछ । सार्वजनिक सेवामा ई गर्भनेन्स् स्थापित गरिनेछ ।सामाजिक जीवनका सबै क्षेत्रमा लोकतान्त्रिकमूल्य  प्रवर्ध्दन र प्रणालीको बिकास गरिनेछ ।बिधिको शासन सुदृढ तुल्याइने छ ।

–  झन्जटिलो कार्य प्रणालीलाई सुधार गरी सेवाग्राहीसँग जनसेवक बन्ने कार्यशैली बिकास गराइनेछ ।

–  सरकारी सेवामा दण्ड र पुरस्कार प्रणाली सुदृढ बनाइनेछ ।सेवाग्राहीलाई उल्झलमा पारेर दुःख दिने प्रवृतिको अन्त्य गरिनेछ ।

विपदव्यवस्थापन

–  प्रदेशविपदन्यूनीकरणतथाव्यवस्थापनप्राधिकरणस्थापना गरीविपदव्यवस्थापनकाकार्यहरुगरिनेछ।

–  प्रदेशमारहेकापहिरो, नदिकटानलगायतकाप्राकृतिकप्रकोपकोकारणसमस्याग्रस्तरउच्चजोखिममारहेकाठाउँहरुकोपहिचानगरीनियन्त्रणतथाव्यवस्थापनकाकार्यहरुगरिनेछ।

–  जोखिमयुक्त मानव बस्तीहरुलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्ने व्यवस्था मिलाईनेछ।

संचारतथासूचनाप्रविधि

–  पालिकाकेन्द्र, मुख्यशहरहरुकोसिटिसेन्टर, सार्वजनिकसेवाप्रवाहहुनेठाउँहरु, अस्पतालतथामुख्यपर्यटकीयगन्तब्यहरुमावाइफाइहट-स्पटहरूकोव्यवस्थागरिनेछ।

–  पोखरालाईआईटिहबकोरुपमाविकासगर्नपोखरामासूचनातथाप्रविधिपार्कस्थापनारसंचालनगरिनेछ।

–  गण्डकी प्रदेशको सूचनाको हक सम्बन्धि ऐन पूर्ण रुपमा कार्यान्वयन गरिने छ।

–  आम सञ्चार कानून निर्माण गरिनेछ।सबै सञ्चार माध्यमको दर्ता नवीकरणलाई सरलीकृत बनाइनेछ ।

–  पत्रकारिताका क्षेत्रमा व्यवसायिकता बिकास गर्न सहयोग गरिनेछ ।

शान्तिसुरक्षा

–  प्रदेशअनुसन्धानव्युरोकोस्थापनातथासंचालनगरिनेछ।

–  प्रदेशप्रहरीतालिमकेन्द्रकोआधुनिकिरणगरीव्यवस्थितगरिनेछ।

– प्रदेश प्रहरी ऐन पूर्ण कार्यान्वयनमा ल्याइनेछ।

–  प्रदेश प्रहरीलाई आधुनिक ज्ञान र सीप प्रदान गरी व्यवसायिक बनाइनेछ।गुणस्तरीय सेवा सुबिधा प्रदान गरी उनीहरुको मनोबल उँचो  बनाइनेछ ।

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु

आज हामी नेपाली क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने क्रममा छौं।निर्वाचनको प्रक्रियामा जनताले लिने निर्णयबाट राष्ट्रिय स्वाधीनता, संघीयताको सुदृढीकरण र लोकतान्त्रिक प्रणालीको बिकासमा महत्वपूर्ण योगदान पुग्नेछ।हामीले यहाँहरु समक्ष जाहेर गरेका प्रतिबध्दताहरु पूरा गर्नका लागि यहाँहरुको बलियो साथ ,समर्थन,ऐक्यबध्दता प्राप्त गरी हाम्रा उम्मेदवारहरुले बिजय प्राप्त गर्नु अपरिहार्य छ। यसर्थ आगामी मंसीर ४ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै मतपत्रमासूर्य चिन्हमा मतदान गरी नेकपा एमालेलाई बिजयी गराउनु हुन हार्दिक अपिल गर्दछौं ।तपाईको एक मतले नेपाल बदलिने छ राष्ट्रिय एकता सुदृढ हुनेछ।गण्डकी प्रदेशमा सुखी नागरिक र  समृध्द प्रदेश बनाउन तपाइको भूमिका अग्रणी हुनेछ ।

नेकपा एमाले जिन्दावाद ।