काठमाडौं, कात्तिक १४ । नेकपा एकीकृत समाजवादीले नेकपा एमालेले गरेको कामलाई नै आफूले गरेको भन्दै घोषणापत्रमा उपलब्धीका रुपमा समावेश गरेको छ ।
अघिल्लो निर्वाचनमा सूर्य चिन्हमा मत दिएर जिताए पनि बीचैमा जनताको मतलाई बिक्रि गरेर नेपाली कांग्रेस नेतृत्वको सरकार बनाउने अनैतिक काम गरेको सो पार्टीले आफूले केही गर्न नसकेपछि एमालेले गरेकै कामलाई आफूले गरेको भन्दै प्रचार गरेको हो ।
सो पार्टीले आज सार्वजनिक गरेको घोषणापत्रमा एमालेले गरेको कामलाई समेटदै अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध भने कुण्ठा नै कुण्ठा पोख्ने काम गरेको छ । जनआन्दोलनको बेला पार्टी महासचिव रहे पनि राजा ज्ञानेन्द्रलाई प्रधानमन्त्री बनाइ दिन बिन्त्री पत्र हाल्नुभएका नेपालले गणतन्त्र स्थापनामा महत्वपुर्ण भूमिका खेलेको घोषणापत्रमा उपलब्धीको पहिलो बुँदामा समेटिएको छ ।
नेकपा एसको घोषणापत्रले एमाले सरकार बिस्थापित गरी शेरबहादुर देउवा नेतृत्वको बर्तमान सरकारको पालामा भने केही काम नगरेको तथ्यउजागर गरेको छ । सो पार्टीको घोषणापत्रमा यो सरकारको पालामा गरिएको कुनै काम उल्लेख छैन । उल्लेख छ त एमालेले गरेको कामको फेहरिस्त ।
अघिल्लो निर्वाचनमा जनताले सूर्य चिन्हमा दिएको मतलाई सांसद बनेपछि बेचेर खाएको तथ्य जनतामा स्थापित भइसकेको कारण सो पार्टीले एमाले र सो पार्टीको सरकारले गरेको काम नै आफ्नो उपलब्धी भनेको हो ।













प्रतिक्रिया दिनुहोस्