जनता टाइम्स

१५ कार्तिक २०७९, मंगलवार १६:५५

एमालेको घोषणापत्र : विश्वकै उदीयमान अर्थतन्त्र बनाउने


काठमाडौं, १५ कात्तिक । नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एमालेले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो ।

उक्त घोषणापत्रमा प्रारम्भमा आर्थिक वृद्धिदर सात प्रतिशत पुर्‍याउने र आगामी पाँच वर्षभित्रमा दुई अंकमा पुर्‍याउने दाबी गरिएको छ ।

‘प्रारम्भमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्दै आगामी ५ वर्षभित्र आर्थिक वृद्धिदर उच्च बनाउँदै यसलाई दुई अंकमा पु¥याउनेछ । नेपाली अर्थतन्त्रलाई विश्वकै उदीयममान अर्थतन्त्र बनाइनेछ,’ घोषणपत्रमा उल्लेख छ ।