काठमाडौं, कात्तिक १६। नेकपा माओवादी केन्द्रका राज्य समिति सदस्यसहित गुल्मीका ४१ जना माओवादी नेताहरू नेकपा एमाले प्रवेश गरेका छन् । वुधबार माओवादी केन्द्र परित्याग गरी उनीहरु एमाले प्रवेश गरेका हुन् ।
उनीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालयमा स्वागत गर्नुभयो । एमाले प्रवेश गर्नेहरूमा माओवादी केन्द्रका उपत्यका विशेष राज्य समिति सदस्य चन्द्र बस्नेत, जिल्ला समन्वय समिति सदस्य दामोदर बस्नेत, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तिलक महत, वाइसिएल गाउँ कमिटी सदस्य धन बहादुर बस्नेत सहितका ४१ जना हुनुहुन्छ ।

पार्टी प्रवेश गरेका सम्पूर्ण गुल्मी क्षेत्र नं २ का रहेका छन् । सो क्षेत्र एमाले सचिव गोकर्ण विष्टको निर्वाचन क्षेत्र हो । उहाँ आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सो क्षेत्रबाट उम्मेदवार हुनुहुन्छ ।















प्रतिक्रिया दिनुहोस्