जनता टाइम्स

१८ कार्तिक २०७९, शुक्रबार १६:०८

दार्चुलाको सदरमुकाम खलंगामा एमाले अध्यक्ष ओलीले के–के भन्नुभयो ? सारसंक्षेप


काठमाडौं, १८ कात्तिकदाजुभाई दिदीवहिनीहरू,

राष्ट्रियताको प्रश्नमा एमालेले आफ्नो इन्च जमिन पनि कसैलाई छाड्नेवाला छैन, एक इन्च जमिन पनि मिच्न दिनेवाला छैन । मिचिएको भए फिर्ता ल्याउँछ भनेर हामीले नक्सा जारी गरेका छौं । संसदले सर्वसम्मतीले पास गरेको छ । त्यो कुरा म यहाँ तपाईहरू समक्ष ग्यारेण्टी गर्न चाहन्छु । हामीले चुनाव घोषणापत्र संघीय र प्रदेशका लागि २०७९ सालको निर्वाचन चुनाव घोषणपत्र जारी गरिरहँदा हामीले २० वटा ग्यारेन्टी गरेका छौं । त्यसमा यो कुरा पनि समावेश छ ।

बालबाच्चादेखि युवाहरूका लागि रोजगारी अवसर कामका अवसर सृजना गर्ने कुराहरू उद्यमशिलताको विकास गर्ने कुराहरू यी सबै कुराहरूदेखि लिएर महिलाहरूका लागि सुकुम्वासीहरूका लागि यी कामहरू हामीले गरेका छौं । संगसंगै हामीले नदी नियन्त्रण लगायत सम्पूर्ण कुराहरूमा ध्यान दिएका छौं । नेकपा एमाले जहिले पनि कही समस्या पर्दा हाजिर भएको छ । भूइचालो गयो २७ हजार २ सय ७६ घरहरू पार्टीले आफूले बनाइदिएर पीडितहरूलाई हस्तान्तरण गरेको थियो तत्कालका लागि ।

सरकारी खर्चमा होइन त्यतिखेर एमाले सरकारमा थिएन । सरकारमा हुँदा साढे सात लाख घर निर्माण गरेर पीडितहरूलाई हस्तान्तरण गरेका छौं । हावाहुरीले लगेका बारा, पर्साका घरहरू ८ सय ७९ घर केही महिनाभित्र पक्की घर बनाएर पीडितहरूलाई हस्तान्तरण गरेका छौं । घरबार विहीनलाई लाखौ घर बनाएर हस्तान्तरण गगरिएकोे थियो । कही पनि नेपालमा फुसको छाना होइन अब टिनको छानाभन्दा तल हुदैन भनेर फुसको छाना हटाउएर टिनको छाना लगाउने यो अभियान नेकपा एमालेको सरकारले सुरु गर्यो म प्रधानमन्त्री हुँदा । दार्चुलामा कतै फुसको छाना छ भने टिनको छाना सरकारले हाल्दिन्छ एमालेको सरकारले हाल्दिन्छ तपाईहरू ढुक्क भए हुन्छ ।

दार्चुलाका समस्या मलाई थहा छ । यहाँका समस्याहरू कुन पास खोलेर चिनसम्म जाने ७०–७५ किलोमिटर बाटो चट्टान फोड्नु पर्नेछ, तिंकर भन्ज्याङको बाटोका लागि । भारतले हाम्रो भूभागबाट अनावश्यक ढंगले बाटो बनाएको छ । हामी आफै बनाउने थियौं तर भारतले आफूले बनाएर बेकारको झमेला निकाल्यो । म भारतलाई अहिले भन्न चाहन्छु नदी वर्तिर सर्यो भनेर सीमा वर्तिर सर्ने होइन ।

पहिले नदी भएका ठाउँमा उसले बाँध लगाउने होइन ठूलो भारतको सानो चित्त हुनुहुदैन । खोलो उता सर्यो कि सीमाना सारिहाल्ने यति विशाल भारत छ यत्ति सीमाना सार्छ यो सुहाउदैन । नेपाली जनतालाई यस्ता कुरालाई थिचोमिचोको रुपमा बुझ्छन् । यस्तो कुरा भारतले गर्नु हुँदैन भनेर मैले भारतका नेताहरूलाई भनिरहेको छु । भारतका नेताहरूलाई सुनाएको छु ।

यहाँ पक्की पुल बन्नु पर्छ मैले भारत भ्रमणमा जाँदा, उत्तराखण्डमा प्राइमिनिष्टरको हैसियतले जाँदा बल्लभ भाई, गोविन्द भाई विश्वविद्यालयको भ्रमणमा जाँदा त्यसबेला माननीय गणेश ठगुन्ना पनि मेरो टोलीमा साथै हुनुहुन्थ्यो । मैले पारीपट्टीका गभर्नर र मुख्यमन्त्री राखेर, गणेश ठगुन्नालाई पनि राखेर तपाईहरू स्थानीय तहमा कुरा गर्नुस् अब झोलुङ्गे पुल बनाउन रोक्ने होइन तुइनबाट काम चल्दैन हामी झोलुङ्गे पुल बनाउँछौं तपाइहरूले सहमति गर्नुपर्छ, हामी पक्की पुल बनाउँछौ तपाईहरूले सहमति गर्नुपर्छ उहाँहरूले दिल्लीले पनि सहमति जनायो र उत्तराखण्डले पनि सहमति जनायो ।

झोलुङ्गे पुलहरू बनेका छन्, कतै पक्की पुल बनेका छन् यहाँ पनि म तपाईहरूलाई भन्न चाहन्छु चुनावपछि यहाँ पनि पक्की पुल बनाइने छ । दार्चुला र धार्चुला जोडने पक्की पुल बनाइनेछ । मंसिर ४ पछि म किन भन्दैछु, तपाईहरूलाई थाहा छ । तपाइहरूले नारा बनाउनु भएको छ । मंसिर ४ ओली सरकार देशले सुनेको छ यो कुरा । दार्चुलाले देशका निम्ति गणेश ठगुन्नालाई बहुमतको सरकार बनाउन एउटा साँसद यहाँबाट पठाउनेछ । यहाँ उपस्थित भएको जनसमुदायको यस जनसागरले ।

यो कुनै सुगम ठाउँमा होइन रेल पनि चलेको ६ लेनको बाटा भएको बाटैबाटाले भरिएको जनकपुरजस्तो ठाउँमा यो सभा गरेको होइन । दार्चुलाजस्तो भीर पहरामा यो सभाको आयोजना गरिएको छ । यसले के बताउँछ एमाले भने आज बाट सुरु गरेको यो प्रचार अभियान, यो राष्ट्रिय अभियानको सुरुवातले नै के बताउँछ भने अंग्रेजीमा भनिन्छ मोर्निङ शोज द डे । बिहानले दिउसो देखाउँछ, बिहानले सिउसो कस्तो हुन्छ भनेर देखाउँछ, बिहानले नै थाहा हुन्छ । यो सुरुको सभाले पहिलो सभाले बत्तिबालेको सभाले हाम्रा विरोधिका आँखा तिर्मिराएका छन् ।

हामीले दार्चुलाबाट बाल्न सुरु गरेको बत्तिले नेपाली जनताका आँखा प्रकासमय हुनेछन्, छर्लङ्ग हुनेछन् । गठबन्धनले फिजाएका भ्रमहरू समाप्त पार्नेछ । हामीसंग धेरै समय छैन आज चुनावपछि फेरि म तपाईहरूको बीचमा आउनेछु । एकदिन दार्चुला बस्नेगरी आउनेछु । यहाँका हाम्रा युवा भाइवहिनीहरूले विद्यार्थीहरूले अरु दाजुभाई दिदीवहिनीहरूले फोटो खिचाउने रहर पनि पूरा गर्न पाउनुभएन । त्यो रहर पनि पूरा गर्नु पर्नेछ । त्यसकारण चुनावपछि फेरि म दार्चुला आउनेछु ।

एकदिन यहाँ कार्यक्रम गर्नेछु भेटघाट कार्यक्रम गर्नेछु । फोटो खिचाइने छ । तपाईहरूको रहर पुग्नेगरी फोटो खिचाइन म आउनेछु । आज म केभन्न चाहन्छु भने दार्चुला वजारको सदरमुकामको खलंगाको समस्या एउटा मुख्य समस्या नदी नियन्त्रणको तटबन्ध निर्माण को हो । म ग्यारेन्टीका साथ भन्न चाहन्छु तटबन्ध बनाउने काम नेकपा एमालेले गर्छ । महाकाली नदीले दार्चुला बजार खलंगा बजार बगाउन भत्काउन पाउनेछैन । त्यसको ग्यारेन्टी एमालेले गर्छ र म गर्छु ।