जनता टाइम्स

१९ कार्तिक २०७९, शनिबार १४:१४

चुच्चे नक्सा, चीनसँगको पारवहनसन्धी गरेकै कारण मलाई हटाइयो : अध्यक्ष ओली


काठमाडौं, १९ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले भारत र चीनको भ्रमण गरेर फर्कदा यहाँ हटाउने षडयन्त्रको तानावाना बुनिसकेको बताउनुभएको छ । संसदमै ‘देश डुब्न लाग्यो लौन को छ माझी बचाईदेउ’ भनेर गुहार लगाउनेहरू नै त्यस्तो षड्यन्त्रको गोटी बनेको उहाँले बताउनुभयो ।

अब मंसिर ४ पछि बन्ने एमाले सरकारले सार्वभौम समानताको आधारमा छिमेक र अन्तराष्ट्रिय संविधान अंगिकार गर्ने बताउनुभयो। पहिलो निर्वाचनबाट देशलाई दिशानिर्देशन गरेको बताउँदै उहाँले अब ‘समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्ने गरी अघि बढ्नेछौं ।’

अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीले संविधान बनाउनसाथ यो अभियान थालेका थियौँ । तर, हामीले पाँच महिना नाकाबन्दीको समस्या झेल्न बाध्य भयौं। हामीले त्यसको डटेर सामाना गर्यौं । हाम्रो दुईतिर छिमेकि छन् । तर, हाम्रो एकतिर मात्रै निर्भरताको कारणले उत्तरी छिमेकीसँग पनि पारवहन र यातायाताको सम्झौता गर्यौं।’

अब नेपाल भूपरिवेष्ठितबाट भूजडित मुलुक भएको छ । अब कहिल्यै नाकाबन्दीजस्तो अमावीयताको अवस्था नआउने उहाँले बताउँनुभयो । एमालेको सरकार आउनुभन्दा अघि मेरो नेतृत्वमा सरकार बन्नुभन्दा अघि पनि नेपालको सरकार त थियो । तर, यस्तो असाधारण काम गर्न एमालेको सरकार नै आउनु पर्यो । त्यसैले मंसिर ४ मा हुने निर्वाचनमा एमालेले बहुमत ल्याउनै पर्छ र त्यसका लागि तपाई प्रवासी नेपालीहरूले आ–आफ्नो सहयोग गर्न आग्रह गर्नुभयो ।