डडेलधुरा, कात्तिक २० । नेपाली कांग्रेसकी नेतृ एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाले अर्काे बिवादास्पद अभिब्यक्ति दिनुभएको छ ।
डडेलधुरामा आफ्ना पति देउवालाई भोट माग्ने क्रममा राणाले हेलिकोप्टर चढेर आउन सक्ने हैसियत नभएका अन्य उम्मेदवारलाई डडेलधुरावासीले भोट दिन नहुने तर्क गर्नुभयो ।
यसअघि स्थानीय तहको निर्वाचनमा कैलालीमा फ्रि भिषा र टिकटमा बिदेश पठाउने अभिब्यक्ति दिएर चर्चामा आउनु भएकी राणाले अहिले भने हेलिकोप्टर चढेर आउनेलाई मात्रै मत भन्नुएको हो । उहाँले आफूहरु हेलिकोप्टर चढेर आएको र त्यो हैसियत अन्य उम्मेदवारमा नभएको भन्दै यस्तो बताउनु भएको हो ।

कार्यक्रममा राणाले भन्नुभयो, ‘जसरी आज हामी हेलिकोप्टरमा आयौं, आजभन्दा १० १५ बर्ष अगाडि कति जना हेलिकोप्टर चढेर आउन सक्थे ? त्यसैले डडेलधुरामा हेलिकोप्टर चढेरआउन सक्ने मान्छेलाई छान्नोस । हेलिकोप्टर चढेर आउन सक्ने शेरबहादुर देउवालाई छान्नोस ।’
सुन्नोस भिडियो













प्रतिक्रिया दिनुहोस्