जनता टाइम्स

२३ कार्तिक २०७९, बुधबार १२:३२

गठबन्धनले नै गर्यो बिरोध खतिवडा ढँटुवा नेता रहेको प्रमाणित, यस्तो छ प्रमाण


हेटौडा, कात्तिक २३ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं पूर्वमन्त्री बिरोध खतिवडालाई झापड हान्ने ब्यक्तिले मादक पदार्थ सेवन (मापसे) नगरेका पुष्टि भएको छ ।

मकवानपुर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार खतिवडालाई मंगलवार मनहरीमा एक ब्यक्तिले फेरि झुक्याउन आएको भन्दै दुई झापड हानेका थिए । गठबन्धनले हातपात गर्ने व्यक्तिले रक्सी खाएको भन्दै बिज्ञप्ती जारी गरे पनि उनले मापसे नगरेको पुष्टि भएको छ ।

मकवानपुरका गठबन्धन दलले संयुक्त विज्ञप्ति निकालेर खतिवडामाथि कुटपिटको समाचारको खण्डन गर्दै चुनावी कार्यक्रममा खतिवडा आएलगत्तै ‘एक स्थानीयले अत्याधिक मदिरा सेवन गरी त्यहाँ पुगेको र आफैँ लडेर घाइते भएको र उनलाई प्रहरीमा बुझाइएको दावी गरेको थियो ।

पढनोस यो बिज्ञप्ती

तर तथ्यले गठबन्धनले निकालेको यो बिज्ञप्ती नै झुटो प्रमाणित भएको हो । खतिवडामाथि स्थानीय ५० बर्षीय पुरुषोत्तम खडकाले झापड हानेका हुन । गठबन्धनले उनलाई मापसे गरेको र आफै लडेको भने पनि परीक्षणमा मापसे नगरेको देखिएको हो ।

प्रहरीका अनुसार खतिवडालाई हातपात गरेपछि पक्राउ गरिएका खड्काको हेटौँडा अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा मापसे गरेको नपाइएको हो । खतिवडा मन्त्री र सांसद हुँदा गाउँमा नआएको, विकास नगरेको भन्दै रिसाएका खड्काले हात मिलाउने बाहानामा गालामा दुई झापड हानेका थिए ।

झापड हान्ने खडका गठबन्धनमै आवद्ध नेकपा माओवादी केन्द्रका कार्यकर्ता हुन । मनहरीका कुनै पनि मतदाताले खतिवडालाई मत नहाल्ने बताउँदै आएका छन । जस्को नेतृत्व खडकाले नै गरेका थिए ।

‘सधै ढाँटने मान्छेलाई फेरि किन भोट हाल्ने भन्दै हुनुहुन्थ्यो, आएको थाह पाउनसाथ ठप्पड पो हानिदिनु भयो, उहाँको थप्पडसँगै यस ठाउँबाट बिरोधलाई भोट जाँदैन भन्ने प्रमाणित भयो,’ घटनालाई प्रत्यक्ष रुपमा देखेका नेपाली कांग्रेसका एक नेताले भने । उनका अनुसार मकवानपुर २ मा पछिल्लो पटक खतिवडालाई ढटुवा नेता भन्दै मतदाता बिपक्षमा मतदान गर्ने योजनामा रहेको पाइएको छ ।