इलाम, कात्तिक २४ । नेकपा एमालेका उपाध्यक्ष तथा इलाम क्षेत्र नम्बर २ प्रतिनिधिसभाका उम्मेदवार सुवासचन्द्र नेम्वाङले आफ्नो दल एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने बताउनु भएको छ ।
उपाध्यक्ष नेम्वाङले मंसिर ४ पछि एमाले बहुमतसहित जनताको मत लिएर सिंहदरबार पस्ने ठोकुवा पनि गर्नुभयो । इलाम नगरपालिका–९ वडा कमिटीले बुधबार आयोजना गरेको चुनाव प्रसार–प्रचार कार्यक्रममा उनले देशव्यापीरूपमा आफ्ना एजेण्डासहित एमाले हिजोआज जनताका घर–घरमा पुगेको बताउनु भयो। विगत वर्षमा अन्य निर्वाचन क्षेत्रमा समेत सघाउन जाने नेता नेमवाङले यसपटक यहाँका जनतालाई बुझाउनसमेत बाहिर जान नभ्याउने बताउनु भयो ।
निर्वाचनबाट जनताले काम गर्नसक्ने सरकार बनाउने उहाँको भनाइ छ। नेम्वाङले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुँदासमेत सरकार चुप लागेर बसेको आरोप समेत लगाउनु भयो । उहाँले आफ्नो पार्टीले घोषणापत्र सार्वजनिक गरिसकेको बताउँदै सोहीअनुसार अघि बढ्ने जानकारी पनि दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्