काठमाडौं, २५ कात्तिक । पुर्व अर्थमन्त्री एवंम् नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेले विगतको निर्वाचनभन्दा फराकिलो मतान्तरले विजयी हुने बताउनुभएको छ । आज (शुक्रवार) बुटवल–११ बुद्धनगरमा घरदैलो अभियानका क्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
पौडेलले रुपन्देही–२ मा मात्रै नभएर मुलुकभरि नै विजयी हुने गरी एमाले निर्वाचनमा होमिएको बताउनुभयो । उहाँले विकास र समृद्धिका लागि ४ मंसिरमा निर्वाचनबाट जनताले एमालेलाई सबैभन्दा ठुलो दल बनाउने बताउनुभयो । उहाँले भन्नुभयो ‘जनताको साझा प्रतिनिधि भएर काम गर्ने छौँ । हिजो को कहाँ, कुन पार्टीमा भन्ने हुँदैन ।
सबै दल, जातजाति, भाषभाषीका जनतालाई सम्मान रूपले हामीले हेर्ने छौँ,’– कसैप्रति पूर्वाग्रह नराखी साझा मानसिकताका साथ हामी अघि बढ्ने हो । ’पौडेलले बुटवल पश्चिमको क्षेत्रलाई नमुना र आधुनिक सहरको रुपमा विकसित गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘यहाँको कनेक्टिभिटीका लागि हरेक वडाहरू जोड्ने सडकलाई कालोपत्रे गरिने छ, मुख्य राजमार्गसँग जोडेर दुई लेनका सडक योजनाहरू अघि बढाइने छ,’–पौडेलले भन्नुभयो , ‘बुटवल पश्चिम अब पर्यटकीय र कृषि औद्योगिकीकरणमा अघि बढ्ने छ ।’ निर्माणाधीन भौतिक पूर्वाधारलाई पूर्णता दिएर अब रुपन्देहीलाई नमुना जिल्ला बनाउने उहाँले बताउनुभयो।













प्रतिक्रिया दिनुहोस्