महोत्तरी, २६ कात्तिक । मतदान गर्ने दिन मंसिर ४ नजिकिदैं गर्दा महोत्तरी क्षेत्रनं. १ मा नेकपा (एमाले)का उम्मेदवार लक्ष्मी महतोको बलियो स्थिति बन्दै गएको छ । २०७४ को निर्वाचनमा प्रतिनिधिसभामै माओवादी उम्मेदवार गिरिराजमणि पोखरेलसंग झिनो मतान्तरले पछाडि पर्नुभएको महतो यस पटक भने पोखरेलसंग बदला लिने मुडमा देखिनु भएको छ । तत्कालिन अवस्थामा महतो जसपाको उम्मेदवार हुनुहुन्थ्यो ।
वितेका पाँच वर्षमा रातु र मडहामा धेरै पानी वगिसकेका छन् । अवस्था र स्थिति बदलिएको छ । २०७४ मा सो क्षेत्रमा पर्ने दुवै नगरपालिकामा माओवादीको वर्चस्व थियो, पोखरेललाई वाजी मार्न त्यतिबेला एमाले निर्णायक बनेको थियो । अहिले परिस्थिति एमाले उम्मेदवार महतोको अनुकुल बनेको छ । गौशाला नगरपालिकामा जसपाले गतिलो वर्चश्व कायम गर्न सफल भएको छ । जसमा महतोकै छोरा मेयर छन् । बर्दिवास नगरपालिकामा पनि एमालेको अवस्था पहिलेभन्दा बलियो देखिएको छ । जसले महतोलाई विजय प्राप्त गर्न सहज अवस्था रहेको छ ।
नेपाली काँग्रेसले अन्तिम अवस्थामा टिकट खोसेपछि स्वतन्त्र भएर उम्मेदवारी दिएका प्रल्हादकुमार क्षेत्रीले बर्दिवासको मेयरमा अत्याधिक मतले जितेपछि हौसिएका सो समूहले प्रतिनिधिसभा र प्रदेशसभा (क) मासमेत उम्मेदवारी दिएको छ । प्रतिनिधिसभामा यातयात व्यवस्था कार्यालय बर्दिवासकै पूर्वप्रमुख पोषण थापा उम्मेदवार हुनुहुन्छ भने प्रदेश (क) मा युवराज पोखरेल उम्मेदवार हुनुहुन्छ । गत स्थानीय निर्वाचनमा बर्दिवासमा माओवादीको वर्चस्व तोड्न पार्टीभन्दा माथि उठेर मेयरमा प्रल्हादलाई मतदान गरेका थिए । तर, प्रल्हाद समूहले भने त्यो मतलाई आफूलाई आएको मत सम्झने गरेको छ । पोषणले प्राप्त गर्ने मत भनेको विद्रोही काँग्रेसको भोट भएको स्थानीय बताउँछन् । जो विजय प्राप्त गर्न प्रयाप्त नभए पनि माओवादी उम्मेदवार पोखरेलले प्राप्त गर्ने मतभन्दा बढी भने हुनसक्ने स्थानीयको आँकलन छ ।
माओवादी भित्रको पनि नारायणकाजी श्रेष्ठ समूहको केही जनाधार रहेको र जनताले पत्याउने नेता नभएकाले सो समूहले पहिलो संविधानसभामा गिरिराजमणि पोखरेललाई खोजेर त्यहाँबाट उम्मेदवार बनाएको थियो । जित्नका लागि आवश्यक पर्ने मत नभए पनि काँग्रेसका चिरञ्जीवी हमाल समूहले र केही मात्रामा एमाले कार्यकर्ताले आ–आफ्नो पार्टीमा अन्तर्घात गर्दा पोखरेललाई विजयको चिट्ठा परेको थियो । दोश्रो संविधासभामा काँग्रेसबाट चिरन्जीवीले टिकट पाउँदा श्याम घिमिरे पक्षले अन्तर्घात गरेर पोखरेललाई मत दिएको त्यतिखेर ब्यापक चर्चा थियो । एमालेमा पनि दुर्गा दाहाल मन नपराउने पक्षले अन्तर्घात गरेर पोखरेललाई मत दिएकाले उहाँले फेरि विजय प्राप्त गर्नुभएको थियो । अब आयो २०७४ को संघीय संसदको निर्वाचन । देशव्यापी एमालेसंगको गठबन्धन र निर्वाचनपछि पार्टीनै एकता हुने चर्चाले एमालेजनले खुलेर मतदान गर्दा झिनो मतले उहाँले जित्नु भएको थियो ।
यस पटक परिस्थिति बदलिएको छ । माओवादी भित्र एकअर्कालाई सिध्याउनेसम्मको अन्तरकलह स्थानीय निर्वाचनमा छताछुल्ल भएको थियो । पोखरेल समूहले मेयरमा कतिपय स्थानमा खुलेरै स्वतन्त्र उम्मेदवारलाई मत दिएको र पोखरेल समूहको वडाध्यक्षका उम्मेदवार भएका वडामा अर्को समूहले खुलेरै कतै एमाले त कतै स्वतन्त्रलाई मत दिएका थिए । त्यो तुष सेलाएको छैन, किनभने माओवादी भित्र गुटगत राजनीतिको सुत्राधार पोखरेललाई ठान्दछ स्थानीय राजु खडकाको समूह । यसरी गुटगत राजनीतिले पार्टी छिन्नभिन्नको अवस्थामा हुनु, काँग्रेसको लगभग दुईतिहाई नेता,कार्यकर्ता स्वतन्त्र अभियान चलाउनु र यो क्षेत्रमा एकीकृत समाजवादी र लोसपाको राम्रो प्रभाव नहुनु यसपटक पोखरेललाई रोक्न कारण बन्ने स्थानीय रामहरि खतिवडा बताउँछन् ।
प्रदेश सभामा एकीकृत समाजवादी र लोसपाले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् । दुवै आफू नै गठबन्धनको आधिकारिक उम्मेदवार रहेको दावी गरिरहनु भएको छ । पछि केन्द्रबाट लोसपाका पिताम्वर महतोलाई गठबन्धनको आधिकारिक उम्मेदवार तोकिए पनि स्थानीय मान्न तयार देखिएका छैनन । काँग्रेसको चिरन्जीवी समूह र माओपादीको पोखरेल समूहको भोट आफूलाई आउने बताउनुहुन्छ एकीकृत समाजवादीका प्रदेशसभा उम्मेदवार सुरेश राउत । यसले लोसपाको महतो मत पनि पोखरेलले पाउने सम्भावना नभएकाले एमाले उम्मेदवार यसकारण पनि निकै अघि देखिएका बर्दिवास –१ का प्रकास पोखरेल बताउनुहुन्छ ।
प्रदेशसभामा गठबन्धनमा भाडभैलो भएर सबैले आ–आफै उम्मेदवारी दिएकाले प्रदेश (क) मा एमाले उम्मेदवार शारदा थापा र (ख) मा जसपा उम्मेदवारको गलभग रिजल्ट आउट नै भएको अब प्रक्रिया पुर्याउन मात्र बाँकी रहेको स्थानीय भानुभक्त पोखरेलले बताउनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्