जनता टाइम्स

२७ कार्तिक २०७९, आईतवार १८:४०

बन्धक छोरा छुटाउन छोरी बेच्न लाग्दा . . .


एजेन्सी, २७ कात्तिक । अंग्रेजहरू भारत देश छोडेर गए पनि दास प्रथा अझै जारी छ। समयमै ऋण फिर्ता नगरेपछि ठेकेदारले ऋणीको १० वर्षीय छोरालाई बन्धक बनाएका छन् । अझ अचम्मको कुरा के थियो भने छोरालाई मुक्त गराउन दम्पतीले आफ्नो नवजात छोरी बेच्न तयार हुनु परेको थियो ।

घटनाको पर्दाफास भएपछि नवजात शिशुको उद्धार गरिएको थियो । नवजात शिशुलाई बेच्न प्रहरी चौकीको मुख्य गेटमा पुगेका सहरको पुरानो बजार मुसहरी टोलाका मजदुर दम्पतीको कथा हो यो । घटना बारे झाझा प्रहरीमा खबर गरिएको छ ।

इँटाभट्टा ठेकेदारबाट ऋण लिएका थिए
पुरानो बजारका मजदुरहरू एक वर्षअघि रामगढको इँटाभट्टा ठेकेदारकोमा काम गर्न गएका थिए । यस क्रममा ती दम्पतीले पाँच हजार रुपैयाँ ऋण लिएका थिए । यससँगै उनले सात महिना इँटाभट्टामा काम गरे । तर सो ऋण भने बाँकी नै थियो । यसैबीच त्यहाँबाट ती मजदुर दम्पती झाझा पुगे । इँटा व्यापारीले ऋणको रकम माग्दा उनले त्यतिको रकम अहिले आफूसंग नभएको बताए ।

त्यसको केही समयपछि ती ऋणी मजदुरका १० वर्षीय छोरालाई अर्का मजदुरले अपहरण गरी बन्धक बनाए । उनी बच्चालाई लिएर रामगढ गएका थिए । रामढ पुगेको दोश्रो दिननै उनको छोरा अपहरणमा परेको थियो । उनले पछि थाहा पाए उनको छोराको अपहरण त ठेकेदारले गराएको रहेछ । छोरा मुक्त गर्न उनले ऋण तिर्नै पर्ने भयो ।

नवजात शिशु बेच्न गए
मजदुर दम्पतीले केही महिनाअघि छोरीलाई जन्म दिएका थिए । ठेकेदारले बन्धक छोरालाई कुटपिट गरेर रोएको आवाज आवाजले आमाबुवालाई सुनाउथ्यो । यसरी ठेकेदारको कर्तुतले आहत भएका मजदुर दम्पती बन्धक छोरा मुक्त गर्न नवजात बालिका बेच्ने निर्णय गर्न वाध्य भए ।

झाझाकी एक वृद्धाले ३० हजार रुपैयाँमा सम्झौता बालिका किन्ने भएकी थिइन् । ती महिलाले दम्पतीलाई प्रहरी चौकीको गेट अगाडि बोलाएर पैसा लिएर कागजमा हस्ताक्षर गर्न भनिन् । आमाको शरीरमा लपक्कै टाँसिएको बच्चाले आमालाई छोडेको थिएन। बच्चाका बुबाले आफ्नी श्रीमतीलाई नवजात शिशु ती खरिदकर्ता महिलालाई हस्तान्तरण गर्न आग्रह गर्दै थिए। त्यही पैसाले दश वर्षको छोरालाई मुक्त गराउने उनले बताए ।

गरिब दम्पतीको उपाय थिएन
बच्चाले आमा छाडिरहेको थिएन, बच्चा रोएको कालाहलले वरपरका मानिसको ध्यानाकर्षण भयो र हंगामा मच्चियो । कोलाहल हुने बित्तिकै बच्चाको खरिद गर्न खोज्ने महिला भागिन्। मजदुर दम्पती आर्थिक अभावले छटपटिएको बताउँदै थिए । अब घटना प्रहरीकोमा पुगेको छ । प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।