काठमाडौं, २८ कात्तिक । राप्रपा नेपालका अध्यक्ष एवं मकवानपुर १ का प्रतिनिधिसभा उम्मेदवार कमल थापाले ओली नेतृत्वको सरकार देशको हितमा हुने बताउनुभएको छ ।
सोमबार बिहान फेसबुकमा स्टाटस लेख्दै उहाँले सत्तागठबन्धन र केपी ओली बीचमा फरक देखाउनुभएको हो ।
भारतको नाकाबन्दीविरुद्ध लडेको, चुच्चे नक्सा बनाएको भन्दै थापाले ओलीको खुलेरै प्रशंसा गर्नुभएको छ । ‘कसैलाई तीतो लाग्ला तर, भारतले नाकाबन्दी गर्दा त्यसको विरोधमा बोल्न डराउने नेताहरूभन्दा त्यसकोविरुद्ध डटेर लड्ने, विदेशीले कब्जा गरेको लिम्पियाधुरा बिर्सने नेताहरूभन्दा चुच्चे नक्सा बनाउने, विदेशीको प्रेरणामा बनेको गठबन्धनभन्दा ओली नेतृत्वको सरकार देशको हितमा हुन्छ’, थापाले लेख्नुभएको छ । कमल थापा नेकपा एमालेको समर्थनमा चुनावी मैदानमा हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्