जनता टाइम्स

२९ कार्तिक २०७९, मंगलवार १२:५९

ललितपुर–१ का उम्मेदवार घिमिरे अनशनमा


काठमाडौं, २९ कात्तिक । ललितपुर क्षेत्र नं. १ का उम्मेदवार डा. सचिन घिमिरेले आमरण अनशन शुरु गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका घिमिरेले सात सूत्रीय माग अघि सार्दै गोदावरीको टाखेलमा मंगलबारदेखि अनशन शुरु गर्नुभएको हो ।

ललितपुर–१ का निवर्तमान सांसदले आफ्नो कार्यकालमा बजेट ल्याएर विकास निर्माणको काम गरेको भनी दावी गरेकाले अघिल्लो कार्यकालमा सांसदको पहलमा आएको बजेटको आय(व्यय विवरण सार्वजनिक हुनुपर्ने उहाँको मुख्य माग छ ।