झापा, १ मंसिर । चुनाव प्रचार–प्रसारको अन्तिम दिन आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका दुईवटा आमसभालाई सम्बोधन गर्दै हुनुहुन्छ । एमाले पोलिटव्यूरो सदस्य देवेन्द्र दाहालका अनुसार झापा क्षेत्र नं १ को धुलाबारीमा हुने आमसभालाई केहीबेर अघिदेखि सम्बोधन गर्ने कार्यक्रम सुरु भएको छ ।
यसैगरी झापा क्षेत्र नं ५ गौरीगञ्जमा आयोजना हुने आमसभालाई दिउसो ३ बजे सम्बोधनको कार्यक्रम रहेको दाहालले जानकारी दिनुभयो । हिजो सुनसरी र मोरङका विभिन्न ठाउँमा आयोजना गरिएको आमसभालाई सम्बोधन गरेर अध्यक्ष ओली गएराती ११ बजेतिर दमक आइपुग्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्