चितवन, १ मंसिर । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले चितवनका मतदातालाई विवेक प्रयोग गर्न आग्रह गर्नु भएको छ । नेता ढकालले संमृद्धिको अभियानको नेतृत्व गर्न सक्ने पार्टी र पात्र एमाले र केपी ओली भएको तर्क गर्दै सुर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो ।
‘नेपाल परिवार दलको आव्हानः सुर्यमा मतदान’ ‘‘मंसिर–४ ओेली सरकार” भन्ने मुल नाराको साथ सात ओटै प्रदेशमा चुनावी कार्यक्रम सम्पन्न गर्दै परिवार दलले आज चितवनमा पनि छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै नेपाल परिवार दलका केन्द्रिय अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले राष्ट्रिय समस्याको निकास र देश बिकासको लागी ओली नेतृत्व निर्बिकल्प रहेको बताउनुभयो ।
नेता ढकालले एमाले र केपी ओलीको हाराहारीमा अर्को दल र नेता नै नभएको बताउनुभयो । नेपाल परिवार दलले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा देशभरबाट एकलाख पैसठ्ठी हजार मत सुर्य चिन्हमा खसाल्ने ऐक्यबद्धता साथ देशभर अभियानलाई तिव्रता दिएको छ । अध्यक्ष ढकालले परमादेशको सरकारबाट देशलाई मुक्त गरि संमृद्धिको अभियान अघि बढाऊन केपी ओलीको नतृत्वमा राष्ट्रिय शक्ति निर्माण गर्नु पर्नेमा जोड दिनुभयो ।
ढकालले चितवनका मतदातालाई विवेक प्रयोग गर्न आग्रह गर्नुभएको छ । नेता ढकालले संमृद्धिको अभियानको नेतृत्व गर्न सक्ने पार्टी र पात्र एमाले र केपी ओली भएको तर्क गर्दै सुर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो । पूर्व मन्त्रि ढकालले परिवार दलले संसदमा राष्ट्रिय मेलमिलाप र दिगो शान्तिको आबाज बुलन्द बनाउने पनि बताउनुभयो ।
एक अर्को प्रसंगमा नेता ढकालले भन्नुभयो,‘ओलीको बोलीको गोलीले राष्ट्रघातीहरु घाइते भएर बरबराइ रहेका छन्।’ उहाँले ओलीको देश भक्तिको कदर जनताले जनादेश मार्फत दिने विश्वास ब्यक्त गर्नुभयो ।
नेपाल परिवार दलका चितवन जिल्ला अध्यक्ष धर्म प्रसाद ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा ऐमालेका पोलिटब्युरो सदस्य एंव चितवन जिल्ला ईन्चार्ज तथा चितवन क्षेत्र नं २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार देवी प्रसाद ज्ञवाली, नेकपा ऐमाले केन्द्रीय स्कुल बिभाग सदस्य तथा प्रतिनिधि सभा समानुपातिक उम्मेदवार पुरुषोत्तम न्यौपाने साथै परिवार दलका महामन्त्री प्रकाश बाबु थापाले सुर्यमा मत हाल्नुपर्ने तर्क प्रस्तुत गर्नुभएको थियो ।
परिवार दल चितवनका अध्यक्ष धर्म प्रसाद ढकालले बागमती प्रदेशबाट पैतिस हजार मत ल्याउने बताउदै चितवन जिल्लाबाट मात्र सुर्य चिन्हमा तीन हजार भन्दा बढि मत खसाल्ने दाबी गर्दै मंसिर ४ पछि ओली सरकार बनाउन सुर्य चिन्हमा मतदान गर्न सबैलाई आग्रह गर्नुभयो ।
नेता ढकालले निर्बाचन निस्पक्ष र शान्तिपूर्ण सम्पन्न गर्न तथा सम्पूर्ण उम्मेदवार तथा शान्तिपूर्ण तबरले प्रचार प्रसारमा सहभागी हुनेहरुको सुरक्षाको प्रत्याभूति दिन नेपाल सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उक्त चुनावी सभामा नेपाल परिवार दलको केन्द्रीय सदस्यहरू राम प्रसाद ज्ञवाली, जितेन्द्र श्रेष्ठ, ईश्वर भट्ट, केन्द्रीय सदस्य एंव पिस फोर्स नेपालका केन्द्रीय अध्यक्ष रविन्द्र चौलागाई, केन्द्रिय सदस्यहरु धर्मि भुषाल ‘कामना’, हरि बहादुर लोप्चन लगायत नेपाल परिवार दलका चितवन जिल्लाका नेता तथा कार्यकर्ताको भव्य उपस्थित रहेको थियो । कार्यक्रम लगत्तै आयोजित पत्रकार भेटघाटमा नेता ढकालले निर्बाचनपछि केपी ओली नै प्रधानमन्त्री हुने जिकिर गर्नुभयो ।














प्रतिक्रिया दिनुहोस्