जनता टाइम्स

४ मंसिर २०७९, आईतवार १४:३६

हुम्लाको चङ्खेलीमा झडप, प्रहरीका असई घाइते


हुम्ला, ४ मंसिर । हुम्लाको चङ्खेली गाउँपालिका वडा नम्बर ५ को डाँफे मतदान केन्द्रमा झडप हुँदा त्यहाँ कार्यरत एक जना प्रहरी सहायक निरीक्षक घाइते हुनुभएको छ ।

घाइते हुनेमा असई राम कुमार चौधरी रहेको हुम्लाकी प्रमुख जिल्ला अधिकारी सिता परियारले जानकारी दिनुभयो। वारेसनामा भोट हाल्न नदिएको भन्दै बढेको विवाद पछि झडप भएको हो।

उहाँका अनुसार झडपलाई नियन्त्रण गर्नमा लागि अहिले मतदान रोकिएको छ।