जनता टाइम्स

६ मंसिर २०७९, मंगलवार ०१:०६

ललितपुर–२ बाट एमालेको विजयी सुरू, प्रेम महर्जन निर्वाचित


काठमाडौं, ६ मंसिर । नेकपा एमालेले प्रतिनिधिसभा सदस्य तर्फ जितको खाता खोलेको छ । एमाले तर्फबाट ललितपुर–२ मा  प्रेमबहादुर महर्जन विजयी हुनुभएको छ ।

उहॅाले १९ हजार ८ सय ३४ मत ल्याउनुभयो भने प्रतिवन्दी लौरो चिन्हका सुदिन शाक्यले १० हजार ४ सय ४० मत ल्याउनुभयो । उक्त क्षेत्रमा गठबन्धनले भने जम्मा ९ हजार ५ सय ३९ मत प्राप्त गरेको छ ।