झापा, ६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्ने एक मात्र उद्देश्य बोकेर झापा झरेका लेखक तथा अभियन्ता युग पाठकले एक सय मत पनि कटाउन सक्नुभएको छैन ।
पछिल्लो मतगणनाको विवरण अनुसार सोमवार राति ११ बजेसम्म ओलीले ५१६३ मतका साथ झापा ५ मा अग्रता लिँदा उनलाई गठबन्धनबाट कांग्रेस उम्मेदवार खगेन्द्र अधिकारीले २५७५ मतबाट पछ्याइरहनु भएको छ ।
पुतली चिन्ह लिएर ओलीविरुद्ध चुनाव लडेका पाठकको भने जम्मा ३२ मत आएको छ ।
उहाँभन्दा अगाडि घण्टीका सुरेश पोखरेलले ९७८ र जनमत पार्टीका भीम राजवंशीले ३४६ मत पाउनुभएको छ ।
त्यस्तै जसपाका ओममाया आङ्देम्बेको ५७, मंगोल नेशनल अर्गनाइजेशनका सानबहादुर मेचेको ५०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कवीन्द्र शेर्मा लिम्बुको ३४९ र पाठकको ३२ मत छ ।













प्रतिक्रिया दिनुहोस्