कैलाली, ६ मंसिर । निर्वाचन क्षेत्र नं ४ मा सुरुदेखि अग्रता बनाउनुभएका नेपाली कांग्रेसका वीरबहादुर बलायरलाई नेकपा एमालेका लेखराज भट्टले उछिन्नुभएको छ । जारी मतगणनामा भट्टले २० हजार दुई सय १४ मत पाउँदा बलायरले १९ हजार आठ सय १९ मत प्राप्त गर्नुभएको छ ।
आज बिहानदेखि सुरु भएको निर्वाचन क्षेत्र नं ५ –धनगढी क्षेत्र)को पछिल्लो मतगणना अनुसार नेकपा एमालेका नारदमुनी रानाथारुले एक हजार दुई सय ८० मत पाउँदा नेपाली कांग्रेसका डिल्लीराज पन्तले एक हजार ३९ मत पाउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्