पोखरा, ६ मंसिर । कास्की २ मा मतगणनाको दोस्रो दिन चलिरहँदा नेकपा एमालेकी विद्या भट्टराईले पहिलोपटक अग्रता लिनुभएको छ । पछिल्लो मत परिणामअनुसार विद्याले पाँच हजार ५८९ मत पाउनुभएको छ । यस्तै, सोमबारदेखि अग्रता लिइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलले भने हाल पाँच हजार १९३ मत ल्याउँदै पछि पर्नुभएको छ ।
त्यस्तै, नेकपा एसका तर्फबाट गठबन्धनका उम्मेदवार श्रीनाथ बरालले तीन हजार ३६७ मत प्राप्त गर्नुभएको छ । अहिले कास्की २ मा पोखरा महानगरपालिका २१ नम्बर वडाको मतगणना भइरहेको छ ।
यो नेकपा एमालेको राम्रो पकड भएको क्षेत्र हो । यसअघि पोखरा १५, ७ र १७ नम्बर वडाको मतगणना गरिएको थियो । पोखरा २१ बाट ५ हजार ७१ मत खसेको थियो । कास्की २ मा कुल ४९ हजार ९२० मत खसेको थियो ।













प्रतिक्रिया दिनुहोस्