जनता टाइम्स

७ मंसिर २०७९, बुधबार ०८:१६

काठमाडौं-१० मा राजेन्द्र केसीको ह्याट्रिक


काठमाडौं, मंसिर ७ । काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका नेता राजेन्द्र कुमार केसीले जितको ह्याट्रिक गर्नुभएको छ ।

केसी १४४५८ मत प्राप्त गरी सो निर्वाचन क्षेत्रबाट तेस्रो पटक बिजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका हिमेस केसीले ११७८६ मत पाउनु भएको छ भने नेकपा माओवादीकी अञ्जना विशंखेले ५२६२ मत पाउनु भयो ।

केसीले २०७०, २०७४ र २०७९ मा लगातार तीन वटा चुनाव सोही क्षेत्रबाट जित्नुभएको हो । केसीको विजयसँगै काठमाडौंमा कांग्रेसले काठमाडौंका १० मध्ये ५ सीट जितेको छ ।