जनता टाइम्स

७ मंसिर २०७९, बुधबार ०९:२०

रुपन्देही ४ को प्रदेश २ मा कांग्रेसका खाँ विजयी


भैरहवा, ७ मंसिर । रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रदेश सभा सदस्य २ मा कांग्रेसका वसिउद्दीन खाँ विजयी हुनुभएको छ । १२ जना उम्मेदवार रहेका सो क्षेत्रमा ११ जनालाई पछि पार्दै खाँ विजयी बन्नुभएको हो ।

उहाँले सबै भन्दाबढी ११ हजार ३ सय ५ मतका साथ खा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी लोसपाका मोहनलाल यादवले ८ हजार २ सय ६५ मत, जनमत पार्टीका अर्जुन जैसवालले ७ हजार ६ सय ६१ मत ल्याउनुभयो ।

खाँ ३ हजार ४०४ मतान्तरले विजयी भएको निर्वाचन क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिनुभयो । निर्वाचन क्षेत्र नम्बर ४ को ‘२’ मा ५७ हजार २ सय ७० मतदाता रहेकोमा ४० हजार ९ सय ६३ मत खसेको थियो ।