सोलुखुम्बु, मंसिर ८ । सत्तारुढ गठबन्धनबीच बलियो एकता कायम रहेको बेला नेकपा एमालेले सोलुखुम्बुमा भने इतिहास रचेको छ । एमालेले सोलुखुम्बुमा प्रतिनिधिसभा सदस्यबमे निर्वाचन जितेर इतिहास रचेको हो ।
आज सम्पन्न मतगणनाको परिणामअनुसार एमाले नेता मानबीर राईले सत्ता गठबन्धनका प्रभावशाली उम्मेदवार कांग्रेस नेता बलबहादुर केसीलाई पराजित गर्दै इतिहास रच्नुभएको हो । बहुदलीय ब्यवस्था आएपछि सोलुखुम्बुमा एमालेको यो पहिलो जीत हो ।
स्थानीय तहको निर्वाचनको परिणामअनुसार आधाभन्दा कम रहेको एमालेले सोलुखुम्बुमा सरप्राइज दिएको छ । एमाले नेता मानवीरले १९ हजार ३२४ पाउँदा सत्ता गठबन्धनका उम्मेदवार केसीले १६ हजार ५४५ मा रोकिनु भएको छ । उहाँहरुबीचको मतान्तर २७ सय ७९ रहेको छ ।













प्रतिक्रिया दिनुहोस्