जनता टाइम्स

९ मंसिर २०७९, शुक्रबार ०६:४५

बारा-३ बाट एमालेकी ज्वालाकुमारी साह निर्वाचित


बारा, ९ मंसिर । बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेकी ज्वालाकुमारी साह निर्वाचितहुनुभएको छ ।

ज्वालाले जनता समाजवादी पार्टीका रामवावुकुमार यादवलाई पराजित गर्दै निर्वाचित हुनुभएको हो । उहाँले २०२५१ मत ल्याउनु भयो भने उहाँका प्रतिस्पर्धी यादवले १७२७९ मत ल्याउनुभयो ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका लालबाबु सिंह भुइहारले ११ हजार ९६४ प्राप्त गर्नुभयो तेस्रो हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र शर्माले ३५७९ मत प्राप्त गरी चौथो हुनुभएको हो ।

जनमत पार्टीकी राधिका देवी साहले ३३३१, भङ्गेरा चिह्नमा चुनाव लडेका कलामुदीनले १८७८, एकीकृत शक्ति नेपालका नरेशकुमार चौलागाईंले १०७५, नेपाल लोकतान्त्रिक पार्टीका महम्मद शानी ठकुराईले १०४४ मत पाउनुभएको छ ।