जनता टाइम्स

९ मंसिर २०७९, शुक्रबार २१:५१

पाँच दलीय गठबन्धनका उम्मेदवार घनश्याम भुसाललाई पराजित गर्दै एमालेका विश्वकर्मा विजयी


काठमाडौं, ९ मंसिर ।  रूपन्देही १ मा एमाले नेता छविलाल विश्वकर्मा प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ । नेकपा एमालेबाट टिकट नपाएपछि पार्टी छाडेर माओवादीको कोटामा गठबन्धनको उम्मेदवार बन्न पुगेका नेता घनश्याम भुसाल रुपन्देही १ मा पराजित गर्दै विश्वकर्मा विजयी हुनुभएको हो ।

गठबन्धनको साझा उम्मेदवार बनेका भुसाल पदको लोभमा एमाले छाडेर रुपन्देही १ मा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको थियो । लुम्बिनी प्रदेश इन्चार्ज समेत रहेका पार्टी सचिव छविलाल विश्वकर्माले घनश्याम भूसाललाई ३ हजार ५६४ मतान्तरले पराजित गर्नुभएको हो । विश्वकर्माले २४ हजार ८७२ र भूसालले २१ हजार ३०८ मत प्राप्त गर्नुभएको छ ।

यसअघि क्षेत्र नम्बर ३ बाट चुनाव जितेका भुसाल सो क्षेत्रमा राप्रपालाई एमालेले छाड्ने भएपछि क्षेत्र नम्बर १ मा उम्मेदवार बन्न चाहानुभएको थियो ।

तर पार्टीले पहिले सोही क्षेत्रबाट जितेका दलित नेता विश्वकर्मालाई नै उम्मेदवार बनाउने भएपछि भुसाल पार्टी छाडेर बाहिरिएका थिए ।