जनता टाइम्स

२१ मंसिर २०७९, बुधबार ०७:५५

श्रीमतीको टाउको काटेर झोलामा बोकेर हिँडेपछि


सुर्खेत, मंसिर २१ । सुर्खेतमा श्रीमतीको टाउको काटेर झोलामा बोकेर हिँड्ने श्रीमान पक्राउ परेका छन् ।

सुर्खेत पञ्चपुरी नगरपालिका-३ तोक्मा बजार निवासी ३८ बर्षीय अमरबहादुर आले मगरले श्रीमतीको टाउको काटेर झोलामा बोकेर हिँडेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

उनलाई मंगलबार दिउँसो साढे तीन बजे प्रहरीले नियन्त्रणमा लिएको हो । अमरबहादुर एक वर्ष पहिले वैदेशिक रोजगारीबाट फर्किएका हुन्।

आफूले विदेशमा कमाएको पैसा श्रीमतीले हिनामिना गरेका कारण हत्या गरेको अमरबहादुरले प्रहरीलाई बताएका छन्। प्रहरीले सो घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।