जनता टाइम्स

२४ मंसिर २०७९, शनिबार १६:२७

प्रचण्डलाई चाहियो अवको चुनाव जित्न अर्काे आर्मी


काठमाडौं, मंसिर २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास र एजेन्डाबाट मात्रै जनता खुसी नदेखिएकोले अव चुनाव जित्न सामाजिक सञ्जालमा पनि बलियो पकड आवश्यक देखिएको बताउनु भएको छ ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले चुनाव जित्न सामाजिक सञ्जालमा पनि धमाका दिनुपर्ने बताउनु भयो । ‘जनताहरू विकास र एजेन्डाले मात्रै खुसी हुँदा रहेनछन । विकासको क्रान्ति नै ल्याएको ठाउँमा पनि माओवादीका उम्मेदवारलाई चुनाव जित्न हम्मे–हम्मे पर्यो,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।

उहाँले चुनाव जित्न अव आइटी आर्मी पनि चाहिएको बताउनु भयो । ‘विकास र एजेन्डा लिएर जाँदैमा चुनाव जितिने रहेनछ । फेसबुकमा धमाका दियो भने हेर्नुस त ! कस्ता कस्ताले जितेका छन ,’ प्रचण्डले भन्नुभयो, ‘अब आइटी आर्मी पनि जरूरी देखियो ।’ उहाँले माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने अवसर पाएमा जनतालाई सुशासनको अनुभूति दिलाउने बताउनु भयो ।