काठमाडौं, मंसिर २७ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पुन निर्वाचनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा इलाम १ बाट पराजीत हुनुभएका पूर्वप्रधानमन्त्री खनालले आफ्नो क्षेत्रमा पुनः निर्वाचन हुनुपर्ने मागसहित सर्वाेच्चमा आज रिट दायर गर्नुभएको हो ।
निर्वाचनमा नेता खनाल नेकपा एमालेका नेता महेश बस्नेतसँग पराजीत हुनुभएको थियो । आफ्नै निर्वाचन क्षेत्रमा आफ्नै पूर्वकार्यकर्तासँग भारी मतान्तरसहित पराजीत हुनुपरेपछि खनाल निकै मर्माहत बन्नुभएको थियो ।
एमाले उम्मेदवार बस्नेतले २५ हजार ७५३ मत ल्याउँदा खनालले २३ हजार ८९ मत ल्याउनु भएको थियो । खनालले निर्वाचनमा आफू हारेको भएपनि हार स्वीकार नगरेकोले पुनः निर्वाचन गराउनु पर्ने जिकिर गर्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्