काठमाडौं, मंसिर २८ । निर्वाचन आयोगले समानुपातिकतर्फ प्रतिनिधि सभामा निर्वाचित सांसदको नामावली सार्वजनिक गरेको छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीमार्फत विभिन्न ७ दलबाट निर्वाचित ११० जना सांसदको नाम सार्वजनिक गरेको हो ।
समानुपातिकतर्फ ११० सिट मध्ये सबैभन्दा बढी नेकपा एमालेले ३४ सीट, नेपाली कांग्रेसले ३२ सीट, नेकपा माओवादी केन्द्रले १४ सीट, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सीट, जनता समाजवादी पार्टीले ५ सीट र जनमत पार्टीले ५ सीट प्राप्त गरेको छ ।
सवै दलबाट निर्वाचित ११० सांसदको नामसहित आयोगले प्रदेशसभामा समानुपातिकबाट निर्वाचित उम्मेदवारको नाम पनि सार्वजनिक गरेको छ ।
यी हुन ११० समानुपातिक सांसद













प्रतिक्रिया दिनुहोस्