जनता टाइम्स

५ पुष २०७९, मंगलवार १५:०४

काँग्रेस संसदीय दलको नेताको निर्वाचन : कसको प्रस्ताव–समर्थक को –को बसे ?


काठमाडौं, ५ पुस । नेपाली काँग्रेसको संसदीय दलको नेता चयनको प्रकृया सुरु भएको छ । सो दलको नेता पदका लागि प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवा र पार्टी महामन्त्री गगनकुमार थापाले मनानेयन दर्ता गराउनुभएको छ ।

देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खडकाले हस्ताक्षर गर्नु भएको छ । त्यसैगरी थापाको प्रस्तावकमा डा. शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ तथा अर्का महामन्त्री विश्वप्रकास शर्माले हस्ताक्षर गर्नु भएको छ ।

प्रस्तावक र समर्थकमा हस्ताक्षर गर्नुहुने नेताहरूको प्रभावकारिताले नै चुनाव निकै रोचक हुने देखाएको छ । संसदीय दलको नेता नै प्रधानमन्त्री हुने भएकाले दलको नेताको महत्व बढेको हो ।

गगन समूहले आफूहरूलाई ३८ साँसदले खुलेर समर्थन गरेको अन्य १० जनाले गोप्य मतदान गर्ने आश्वासन दिएको बताउनु भएको छ । जबकी चुनाव जित्नका लागि ४५ सांसदको मतको आवश्कता रहेको छ । देउपा पक्ष भने जित्ने कुरामा ढुक्क देखिन्छ । देउवा पक्षका एक नेता भन्नुहुन्छ ‘उहाँहरू (गगन समूह) कै अनुसार पनि हामीसँग ५१ साँसद हुनुहुन्छ । जित्नका लागि चाहिने संख्या ४५ मात्र हो । उहाँहरूसँग ३८ सांसद छैनन् । हल्ला चलाउनुभएको मात्र हो । देउवाले दुईतिहाई बढी ल्याएर जित्नुहुन्छ ।