जनता टाइम्स

५ पुष २०७९, मंगलवार २२:४१

अत्याचार बढेको भन्दै काठमाडौं नगर प्रहरीका सईले दिए राजीनामा


काठमाडौ, ५ पुस ।  पछिल्लो समय फुटपाथ खाली गराउन र नक्सा विपरीतका संरचना हटाउन आक्रामक रुपमा प्रस्तुत भइरहेको काठमाडौं महानगरपालिकाको नगर प्रहरी बल आन्तरिक विवादमा फसेको छ । मेयर बालेन्द्र साहले धनपति सापकोटालाई हटाएर नगर प्रहरी प्रमुख बनाएका राजु पाण्डेले अन्याय गरेको भन्दै नगर प्रहरी कर्मचारीले विरोध जनाएपछि समस्या बढेको हो ।

नगर प्रहरी नायव निरीक्षक (सई) लोकनाथ चुडालले ‘अनावश्यक हैकम सहन नसक्ने’ भन्दै राजीनामा दिनुभयो । तल्लो दर्जाका नगर प्रहरी कर्मचारीहरुलाई निम्नस्तर व्यवहार गरेको, दुख दिएको र अपशब्द प्रयोग गरेको उहाँले बताउनुभएको त ।

नगर प्रहरीले विदा माग्दा नगर प्रहरी प्रमुख राजु पाण्डेले अश्लिल शब्द प्रयोग गरेर गाली गरेको चुडालले बताउनुभयो । नगर प्रहरी प्रमुख राजु पाण्डे भने आफू आउनुअघि व्यक्तिगत लाभ लिइरहेका नगर प्रहरीहरुले विरोध गरेको आरोप लगाएको बताउनुभयो । ‘पहिले नगर प्रहरीको नाममा उठाएर खाइरहेका थिए, म आएपछि उठाउन नपाएर कराएका हुन् । अरु केही होइन’ उहाँले भन्नुभयो ।