जनता टाइम्स

६ पुष २०७९, बुधबार ११:२०

पाँचौँ पटक कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी : देउवाको पक्षमा ६४, थापाको पक्षमा २५


काठमाडौं, ६ पुस । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापतिसमेत रहेका शेरबहादुर देउवा विजयी हुनुभएकोक छ। देउवाले डा. शेखर कोइराला नेतृत्वको समूहबाट उम्मेदवारी दिएका महामन्त्री गगन थापालाई पराजित गर्नूभएको हो ।

निर्वाचन समिति स्रोतका अनुसार देउवाको पक्षमा ६४ मत खसेको छ। पराजित भएका गगनको पक्षमा २५ मत खसेको छ।

देउवाले गगनलाई ३९ मतले पराजित गनूृभएको हो । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा बिहान ८ बजेपछि सुरु भएको मतदान बिहान १० बजेतिर सकिएको थियो। समानुपातिक सांसद माया राई सुत्केरी भएकाले ॐ हस्पिटलबाट मत ल्याइएको हो। अरुले सिंहदरबार पुगेर मतदान गरे।