एजेन्सी, ८ पुस । लियोनेल मेस्सीले अर्जेन्टिनाका लागि विश्वकप फुटबलको उपाधि मात्र जिताएका छैनन् इन्स्टाग्राम प्रयोगकर्ताहरुको मन पनि जितेका छन् । मेस्सीलाई लिएर इन्स्टाग्राममा जबरजस्त माहोल बनिरहेको छ र मेस्सीको एक इन्स्टाग्राम पोस्टले सबैभन्दा धेरै लाइक्स प्राप्त गरेर विश्व कीर्तिमान कायम गरेको छ ।
मेस्सीले इन्स्टाग्राममा पोस्ट गरेको विश्वकप फुटबलको ट्रफीसँगैको तस्वीरले सर्वाधिक लाइक्स प्राप्त गरेर रेकर्ड कायम गरेको हो । हालसम्म उक्त तस्वीरमा ६ करोड ७० लाखभन्दा धेरै लाइक्स प्राप्त भैसकेको छ ।
मेस्सीको उक्त इन्स्टाग्राम पोस्टले विश्व कीर्तिमान कायम गरेको जानकारी मेटा कम्पनीका सिइओ मार्क जुकरबर्गले एक पोस्टमार्फत् दिए । उनका अनुसार विश्वकप फुटबलका दौरान प्रतिसकेण्ड २ करोड ५० लाख मेसेन्जर पोस्ट गरिएको थियो ।
मेस्सीको इन्स्टाग्राम पोस्टले इतिहास रच्नु अगाडि सन् २०१९ मा पोस्ट गरिएको एउटा अण्डाको तस्वीर इन्स्टाग्राममा सर्वाधिक लाइक गरिएको तस्वीरको रुपमा थियो ।
प्रतिक्रिया दिनुहोस्