काठमाडौं, ९ पुस । सत्ता गठबन्धनको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको पहिलो कार्यकालमा आफ्नो दाबी कायमै राख्नुभएको छ । शनिबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी छोड्नु भएन ।
सरकार पाँच दलीय गठबन्धनकै नेतृत्वमा बन्दा आफूले स्वभाविक रूपमा प्रधानमन्त्री पाउनुपर्ने अडान राखेको माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताउनुभयो । त्यसपछि देउवाले पहिलो कार्यकाल प्रधानमन्त्री दिन आफ्नो पार्टी पूर्ण रूपमा तयार नभएको बताउनुभयो ।
मैले मात्रै भनेर भएन नी। साथीहरूको कुरा पनि सुन्नुपर्यो। अहिले नै तपाईंलाई प्रधानमन्त्री दिन साथीहरूले मानेनन्। मैले पार्टीभित्र छलफल गरिरहेको छु,’ देउवाले प्रचण्डलाई भन्नुभयो। शनिबारको बैठकमा सहमति नजुटेपछि आइतबार बिहान १० बजे गठबन्धनको बैठक फेरि बोलाइएको छ। बैठकमा आलोपालो नेतृत्वका लागि सबै तयार रहेपनि कसले पहिले नेतृत्व गर्ने भन्नेमा सहमति नभएको हो। आलोपालो नेतृत्वका लागि कुनै विवाद नै छैन। तर पहिलो कार्यकालका विषयमा हामी जहाँको त्यहीं नै छौं,’ कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्